• १८ चैत २०८२, बुधबार

दक्षिणकाली फाइट नाइटको तयारी

blog

फाइट नाइट बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, चैत १८ गते । चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न आठ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न उपसमिति गठन गरिएको आयोजक क्लबका अध्यक्ष सरोज थापामगरले जानकारी दिनुभयो । 

प्रतियोगितामा एमेच्योर, सेमिप्रोफेसनल र प्रोफेसनलतर्फ ३० स्पर्धामा ६० खेलाडी सहभागी हुने बताइएको छ । त्यसमा नेपालका ५६ र भारतका चार खेलाडी रहने छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिता वैशाख ५ गते दक्षिणकाली नगरपालिका वडा–१ स्थित खहरेमा हुनेछ ।