नेपाली महिलाको स्वास्थ्यका बारेमा बहस गर्दा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्य आदिको बारेमा छलफल त हुुन्छ तर आमा बन्ने उमेरपछिको स्वास्थ्यको बारेमा खासै ध्यान दिइँदैन । पहिले महिलाका औसत आयुु नै कम भएकाले सायद यसमा सरकारको त्यति ध्यान गएन । अहिले त महिलाको औसत आयुु नै ७४ वर्ष पुुगिसकेकाले रजोनिवृत्तिपछि स्वास्थ्य कसरी राम्रो राख्ने बारेमा छलफल हुनै पर्छ ।
“मेरो महिनावारी सुकेको तीन वर्ष भयो । त्यसपछिका दिनमा मेरो शरीर तथा मनमा समस्या देखिएको छैन । मैले त यस अवस्थालाई सामान्य रूपमा लिएको छु । म महिला समूहसँग पनि काम गर्छु, अहिलेसम्म महिलाले रजोनिवृत्तिका समस्या पाएको छैन ।” ४५ वर्षकी पत्रकार अन्जुले धेरै वर्षअघि भनेकी थिइन् । “मेरो महिनावारी सुकेको चार वर्ष भयो । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन ।” एक जना साथीले भनेकी छ । महिनावारी सुुक्नुु रोग होइन, कसै कसैलाई महिनावारी सुुक्ने बेलामा केही साधारण समस्या देखा पर्न सक्छन् ।
४८ वर्षीया सुुमितालाई झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले जाडो त कहिले गर्मी हुुने भयो । आफूूलाई रोग लागेको हो कि भन्ने ठानेर उनी डाक्टरकहाँ गइन् । डाक्टरले उनको समस्या सुुनेपछि महिनावारीको विषयमा सोधे । उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुुई महिनामा हुुने बताइन् । डाक्टरले रजोनिवृत्ति हुुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने तर यसले जीवनमा कुुनै नकारात्मक प्रभाव नपार्ने डाक्टरले बुुझाए । उनलाई यस्ता समस्या रोक्न के गर्न सकिन्छ भनेर सल्लाह पनि दिए । डाक्टरको सल्लाह अनुुसार उनलाई हुुने समस्या पनि धेरै कम भयो र रजोनिवृत्तिपछि समस्या पनि बिस्तारै हराए । महिनावारी सुुक्नुु रोग होइन तर जसरी महिनावारी हुुँदा कसै कसैलाई साधारण समस्या हुुन सक्छन्, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्न सके महिलालाई सजिलो हुुने थियो । महिलाको महिनावारी सामान्यतया ४५–५० वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्या पर्न सक्छन्, यद्यपि केही महिलालाई खासै समस्या पर्दैन ।
परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छ । कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । ४५–५० वर्षको उमेरसम्म पनि यी साधन प्रयोग गरी रहन्छन् । महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन सकिन्न । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनु पर्छ । नेपालका कतिपय ठाउँमा महिलालाई परिवार नियोजनको साधनले गर्दा हुन सक्ने यस्ता समस्या, (महिनावारी गडबडी, धेरै रगत बग्ने, वा महिनावारी नै नहुने आदि) बारेमा जानकारी दिइन्न । रजोनिवृत्तिको बेला कसैलाई केही समस्या हुँदैन । कसैलाई हुन्छ, कसलाई हुन्छ भनेर जाँच्ने यन्त्र त छैन । भोजन, आराम, सकारात्मक विचारले स्वास्थ राम्रो हुन्छ । समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि ।
युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौँला भनेर भनियो भने रजोनिवृत्तिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पु¥याए राम्रो ।
राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ ।
प्राय कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकै पटकमा हुँदैन । सुरुवातमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रव्रिmया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानले के देखाएका छन् भने यस्ता समस्यालाई महिलाको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । उदाहरणका लागि, अमेरिकाका महिलामा रजोनिवृत्तिका समस्या बढी देखिन्छन् । जापानी महिलामा यसको समस्या कम देखिन्छ । यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग जोडिएको छ ।
प्राय नेपाली महिलाले पनि यसलाई उमेर अनुसारको स्वाभाविक प्रक्रिया ठान्छन् । कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयका रूपमा पनि यस अवस्थालाई लिइन्छन् ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने चाहिँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृत्ति भएपछि या झन् बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनु पर्छ ।
शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्गमा चिलाउने समस्या हुन सक्छ । कतिपय महिला यस्तो हुँदा ठुलै रोग भयो भन्ठानेर तर्सिन्छन् । यो समस्याको हल चिल्लो पदार्थ छालामा लगाएर समाधान गर्न सकिन्छ । छालामा तिल, बदाम तोरीको तेल लगाउँदा छालामा चिल्लोपन र चिलाउने कम हुन्छ । रजोनिवृत्ति अवस्थामा देखापर्ने मानसिक परिवर्तन विभिन्न प्रकारका हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसात् गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ ।
अनुसन्धानले के पनि देखाउँछ भने रजोनिवृत्तिका बेला सकारात्मक भावना आउनुमा राम्रो स्वास्थ्य, राम्रो आर्थिक स्थिति सामाजिक तथा पारिवारिक सहयोग, मानसिक तनावलाई व्यवस्थापन गर्न सक्ने क्षमता जस्ता तìवले महìवपूर्ण भूमिका खेल्छन् ।
कामको धेरै बोझ भए, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ र महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्छ ।
तनाव परेपछिका असर र कसरी तिनलाई कम गर्ने भन्ने जानकारी त सबैलाई चाहिन्छ । तनाव भएपछि शरीरमा विभिन्न परिवर्तन देखा पर्छ । जस्तैः हाम्रो मुटुको गति बढ्छ, रक्तचाप पनि बढ्न जान्छ । तनाव व्यवस्थापन गरे यस्ता समस्या हुँदैनन् ।
तनाव कम गर्ने धेरै उपाय छन् । कतिपय उपाय हामी हाम्रो जीवनमा उपयोग गर्छौं । जस्तै कहिलेकाहीँ मानसिक तनाव परेका बेला हामी आफ्ना साथीसँग फोनमा कुरा गर्छौं, एक्लै बाहिर हिँड्न निस्कन्छौँ, कोही रोएर मनको भावना व्यक्त गर्छौं, बगैँचामा काम गरेर पनि तनाव कम गर्छौं ।
कतिपय महिलाले तनाव परेका बेला प्रार्थना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता व्रिmयाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्या कम होस् र शरीर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइ गर्नु ठिक हुन्छ । अल्छी ग¥यौँ भने हामीमा समस्या हुन सक्छ
व्यायामले मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास बढाउँछ । नियमित व्यायाम गर्ने महिलालाई रजोनिवृत्ति भएपछि शरीर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । महिनावारी हुनुभन्दा अघि र बन्द भएपछि अल्छी भएर बस्यौँ र असन्तुलित आहार खायौँ भने विभिन्न समस्या देखा पर्न सक्छ । शरीर सव्रिmय राख्ने केही न केही काम गरिनै रहनु पर्छ “पहिले म धेरै हिँड्ने गर्थे । अहिले मेरो घुँडा दुख्ने समस्या छ । बिस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रूपमा योगा गर्न थालेको छु । बिस्तारै मेरो बानी नै उठ्नेवित्तिकै योग गर्ने भएको छ र मलाई धेरै रमाइलो लाग्छ ।” ६० वर्षीय निलिमा भन्छिन् ।
केही महिला व्यायामलाई एक बोझका रूपमा लिन्छन् । व्यायामले आफूलाई फाइदा पु-याउँछ भन्ने विश्वास गरेपछि अलि अलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ । यसो गर्दा स्वस्थ अनुभव हुन्छ र व्यायाम गर्दा रमाउन पनि सकिन्छ ।