• २ फागुन २०८२, शनिबार

किनमेल गर्ने अनियन्त्रित बानी

blog

मानव सभ्यताको विकाससँगै किनमेल जीवनको अनिवार्य प्रव्रिmया बन्दै आएको छ । प्रारम्भिक समाजमा किनमेल आवश्यकता केन्द्रित थियो–खान, लगाउन, बाँच्न, शरीर ढाक्न र परिवार पाल्न । आवश्यकता स्पष्ट थियो स्रोत सीमित थियो र निर्णय व्यावहारिक थियो । समयसँगै समाजको संरचना बदलियो । औद्योगिकीकरण, बजार विस्तार, विज्ञापन ब्रान्ड संस्कृति, डिजिटल प्रविधि र सामाजिक सञ्जाल यी सबैले किनमेललाई नयाँ अर्थ दिए । अब किनमेल केवल चाहिएको कुरा प्राप्त गर्ने माध्यम मात्र रहेन । आधुनिक उपभोक्तावादी समाजमा किनमेल केवल आवश्यकता पूरा गर्ने सीमा पार गरेर भावनात्मक सन्तुष्टि, खुसी हुने उपाय, सामाजिक हैसियत प्रदर्शन, तनावबाट राहत र आत्ममूल्य प्रमाणित गर्ने माध्यमका रूपमा लिइएको छ । आवश्यकता केन्द्रित व्यवहार भावनात्मक केन्द्रित व्यवहारमा रूपान्तरण भयो । यही परिवर्तनको परिणामस्वरूप आज ‘किनमेल’ आफैँमा समस्या बन्न थालेको छ । 

‘कम्पल्सिभ बाइङ डिसअर्डर’ वा आवेगी किनमेलको लत एक गम्भीर मानसिक तथा व्यावहारिक विकारका रूपमा देखा परेको छ । यसमा व्यक्ति आवश्यक नपर्ने वस्तु पनि बारम्बार, आवेगपूर्ण रूपमा, नियन्त्रण गुमाएर किन्न बाध्य हुन्छ । किन्ने बेला उत्साह र हल्कापन महसुस हुन्छ । केही समयपछि गहिरो पछुतो अपराधबोध, लाज र आत्मग्लानि र आर्थिक तनावले सताउन थाल्छ । मानसिक पीडा उत्पन्न हुन्छ । यो समस्या केवल आर्थिक अनुशासनको कमी होइन, बरु गहिरो मनोवैज्ञानिक र भावनात्मक असन्तुलनको अभिव्यक्ति हो । आधुनिक मनोचिकित्सा र होमियोप्याथी दुवैले यसलाई गम्भीर रूपमा अध्ययन गर्न थालेका छन् । 

‘कम्पल्सिभ बाइङ डिसअर्डर’ के हो ? ‘कम्पल्सिभ बाइङ डिसअर्डर’ भन्नाले त्यस्तो अवस्था जहाँ व्यक्ति आफ्नो किनमेल गर्न आवेग नियन्त्रण गर्न नसक्ने अवस्था बुझिन्छ, जसमा व्यक्ति निरन्तर किनमेल गर्छ । यहाँ किनमेल कुनै तर्कसङ्गत निर्णय होइन, बरु भावनात्मक आवेगको परिणाम हुन्छ । प्रमुख विशेषता, आवश्यकता नभए पनि किनमेल गर्ने तीव्र चाहना, किनेपछि मन हल्का हुन्छ भन्ने अनुभूति, नियन्त्रण गर्ने प्रयास बारम्बार असफल हुनु, किनमेलपछि अपराधबोध, पछुतो र सर्म, आर्थिक, सामाजिक र पारिवारिक समस्या । किनेको वस्तु प्रयोग नै नगरी थुपार्ने बानी । यसको स्वरूप जुवा, गेमिड, इन्टरनेट लत जस्तै हुन्छ । त्यसैले यसलाई आजकल बाध्यकारी किनमेल विकार, व्यवहारगत दुव्र्यसनको रूपमा बुझ्ने गरिन्छ । किनमेलबिचको भिन्नता; सामान्य किनमेल, रोगजन्य किनमेल र सामान्य किनमेल जीवन व्यस्थापनको हिस्सा हो । रोगजन्य किनमेल जीवनलाई नियन्त्रण गर्न थाल्छ । आवश्यकता आधारित; नियन्त्रणमा; बजेट अनुसार, किनमेल गरिन्छ, किनिसकेपछि पछुतो हुँदैन, जीवन सन्तुलित रहन्छ । आवेग आधारित; किनमेल नियन्त्रणबाहिर हुन्छ, कर्जा ÷ ऋणमा, अपराधबोध हुन्छ, जीवन अस्तव्यस्त हुन्छ । 

जब किनमेल नै व्यक्तिलाई नियन्त्रण गर्न थाल्छ, त्यहीँबाट ‘कम्पल्सिभ बाइङ डिसअर्डर’ रोगको सुरुवात हुन्छ । यसले स्पष्ट गर्छ कि ‘कम्पल्सिभ बाइङ डिसअर्डर’ कुनै साधारण बानी होइन । यो मानसिक रोगको लक्षण हो । यसका कारण निम्नलिखित छन्;–मनोवैज्ञानिक कारण–‘कम्पल्सिभ बाइङ’ को जड प्रायः मानसिक तहमा हुन्छ । जीवनमा खालीपन, निराशा र अर्थहीनता हुँदा किनमेलले क्षणिक खुसी दिन्छ । चिन्ता– मनको बेचैनी कम गर्न तुरुन्तै ध्यान मोड्ने उपाय किनमेल गरिन्छ । कम आत्मसम्मान– मसँग राम्रो समान छ, त्यसैले म महìवपूर्ण छु भन्ने अवचेतन विश्वास । यसरी महँगो वा आकर्षक वस्तुबाट आफूलाई महìवपूर्ण ठान्ने प्रयास गरिन्छ । एक्लोपन– मान्छे न भए वस्तु साथी बन्छ, किनमेललाई साथी वा सहारा बनाउने प्रवृत्ति । 

आवेग नियन्त्रणको कमी–सोच्नुभन्दा अघि नै कार्य गर्ने प्रवृत्ति । जैविक कारण– किनमेल गर्दा मस्तिष्कमा डोपामिन रसायनको स्राव हुन्छ, जसले व्यक्तिलाई सुखद अनुभूति दिन्छ । बारम्बार यस्तो अनुभूति खोज्दा दिमाग लतको चव्रmमा फस्छ । समयसँगै पहिले जति खुसी पाउन अझ धेरै किनमेल आवश्यक पर्छ । सामाजिक र सांस्कृतिक कारण– सामाजिक सञ्जालको प्रफेक्ट जीवनको भ्रम, विज्ञापनको मनोवैज्ञानिक प्रलोभन प्रभाव, सेल, अफर, क्यासब्याक,  ‘डिजिटल पेमेन्ट’ र ‘व्रmेडिटकार्ड’ उपभोक्तावादी संस्कार । सफलताको मापन; के किनेको छ ? आजको समाजले किन्ने र सफल भन्ने सोच विकास गराएको छ । लक्षण– किनमेल नगर्दा बेचैनी, किनमेल गर्दा असामान्य उत्साह, घरमा वस्तु लुकाउने, नखोलेर राख्ने, खर्चबारे झुट बोल्ने, आर्थिक समस्या बढ्दै जानु, पारिवारिक झगडा, सम्बन्ध विच्छेद, आत्मग्लानि, सर्म, अवसाद आदि । धेरैजसो बिरामीले यो समस्या लुकाएर राख्छन्, स्वीकार गर्दैनन् । जसले गर्दा रोग दीर्घकालीन बन्छ । नकारात्मक प्रभाव;– आर्थिक प्रभाव कर्जा र ऋण, बचत नहुनु, आर्थिक अस्थिरता समस्या बढ्दै जानु, पारिवारिक झगडा, आत्मग्लानि,  शर्म, अवसाद आदि । 

आर्थिक अस्थिरता, सामाजिक प्रभाव परिवारमा अविश्वास, वैवाहिक समस्या, सामाजिक अलगाव मानसिक प्रभाव गहिरो अवसाद, आत्मसम्मानको ह्रास, आत्महत्यासम्मको सोच । आधुनिक चिकित्सा दृष्टिकोण; आधुनिक चिकित्सापद्धतिमा मुख्य रूपले प्रयोग हुने उपाय आधुनिक मनोचिकित्साले संज्ञायात्मक व्यवहार चिकित्सा (विचार र व्यवहार परिवर्तन गर्ने उपचार 

विधि ) डिप्रेसन कम गर्ने औषधी; मुड स्थिर राख्ने औषधी; वित्तीय परामर्शमार्फत यसलाई व्यवस्थापन गर्छ । यी विधिले धेरैलाई मद्दत गर्छन् तर कहिलेकाहीँ गहिरो भावनात्मक कारणलाई पूर्ण रूपमा छुन सक्दैन । धेरै अवस्थामा औषधीले केवल लक्षण दबाउने काम मात्र गर्छ । होमियोप्याथिक दृष्टिकोणमा रोग अङ्गमा होइन, जीवनशक्तिको असन्तुलनमा हुन्छ । 

‘कम्पल्सिभ बाइङ’ पनि जीवनशक्तिको मानसिक तहमा आएको असन्तुलनको अभिव्यक्ति हो । मन र शरीरको सम्बन्ध– रोगीको उपचार गर्दा होमियोप्याथीमा मानसिक एवं भावनात्मक लक्षणलाई सर्वोच्च स्थान दिइन्छ । यहाँ सबैभन्दा महìवपूर्ण कुरा सामान किन किन्छ ? किन्ने बेला उसलाई कस्तो महसुस 

हुन्छ ? पछि किन पछुतो महसुस हुन्छ ? उसको व्यक्तित्व कस्तो छ ? किनमेल गर्दा हुने; आवेग, डर, खुसी, सुख, पछुतो, लाज, आत्मग्लानि यी सबै मानसिक लक्षण बिरामीको उपयुक्त औषधी चयन गर्ने मुख्य सङ्केत हुन् । मियाज्मिक विश्लेषण–; साइकोटिक मियाज्म;– अतिशयोक्ति, थुपार्ने प्रवृत्ति । सिफिलिटिक मियाज्म;– आत्मग्लानि, आत्म–नाश प्रवृत्ति । गहिरो, दीर्घकालीन उपचार आवश्यक हुन्छ । प्रमुख होमियोप्याथिक औषधी; 

–लाइकोपोडियम–आत्मविश्वासको कमी, देखावटी प्रवृत्ति, प्रशंसाको चाहना, सामाजिक हैसियत देखाउन किनमेल गर्नेहरूमा । नेट्रम म्युर– एक्लोपन दबिएको पीडा, भावनात्मक रिजर्वभ, भावनात्मक खालीपन पूर्ति गर्न किनमेल गर्नेहरूमा । 

पल्साटिला–भावुक, सजिलै प्रभावित हुने, निर्णयमा अस्थिर, सामाजिक सञ्जालबाट लोभिने व्यक्तिमा । सल्फर–अनुशासनको कमी, चाँडै आवेगमा आउनु, अतिशयोक्ति, अनियन्त्रित खर्च गर्ने प्रवृत्तिमा । मेडोरिनम– अत्यधिक आवेग, तत्काल सन्तुष्टि, लत प्रवृति, गम्भीर किनमेल लतमा । आर्जेन्म नाइट्रिकम–किक्नुअघि चिन्ता, हतार, पछि पछुतोको चव्रm, किनमेलअघि बैचैनी र पछि अपराधबोध हुने अवस्थामा । सही औषधी व्यक्तिको सम्पूर्ण मानसिक लक्षण मिलाएर मात्र चयन गरिन्छ । उपचारको समग्र योजना– औषधी–जीवनशक्ति सन्तुलन, आवेग नियन्त्रण, आत्मनियन्त्रण विकास । काउन्सेलिङ– भावनात्मक घाउ बुझ्ने, संज्ञात्मक व्यवहार चिकित्सा बानी र व्यवहार सुधार, भावनात्मक अभिव्यक्ति । 

जीवनशैली सुधार–किनमेलअघि २४ घन्टा कुर्ने । नगदको प्रयोग, सूची बनाएर मात्र किन्ने, बजेट बनाउने । डिजिटल अनुशासन; अनलाइन विज्ञापन सीमित । नगदको प्रयोग, सामाजिक सञ्जाल सीमित, आत्म–अनुशासन अभ्यास । रोकथामः बाल्यकालदेखि वित्तीय शिक्षा, भावनात्मक साक्षरता, उपभोक्तावादप्रति सचेतना, आत्मसन्तुष्टि विकास । के पूर्ण रूपमा निको हुन सक्छ ? 

हो, समय, सहानभूति र सही मार्गदर्शन चाहिन्छ । व्यक्ति दोषी होइन । 

निष्कर्ष : ‘कम्पल्सिभ बाइङ डिसअर्डर’ आधुनिक समाजको चक्किलो आवरणभित्र लुकेको खालीपनको सङ्केत हो । मौन तर गम्भीर मानसिक महामारी हो । यो न विलासिता हो न त चरित्र दोष । यो उपचार योग्य मानसिक विकार हो । होमियोप्याथीले यस समस्यालाई समग्र रूपमा मन, शरीर र आत्माको तहमा समाधान गर्ने क्षमता राख्छ । जब सही औषधी, सहानुभूति र समग्र उपचारद्वारा व्यक्ति पुनः सन्तुलित, आत्मनियन्त्रित र स्वस्थ जीवनतर्फ फर्कन सक्छ ।