• २ फागुन २०८२, शनिबार

विकासनिर्माणमा सेना

blog

राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षणमा समर्पित एक सशक्त र भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित नेपाली सेनाले आफ्नो गौरवपूर्ण इतिहास कायम गरेको छ । राष्ट्रिय सुरक्षाको पहरेदारीसँगै सङ्कट वा आपत््कालीन अवस्थाका हरेक क्षणमा राष्ट्रलाई आवश्यक पर्दा नेपाली सेनाले स्थापनाकालदेखि नै अग्रपङ्क्तिमा खटिएर स्थायित्व कायम र सुरक्षा प्रदानसँगै राष्ट्रनिर्माणको यात्रामा पनि उल्लेख योगदान पु-याउ“दै आएको छ । 

हरपल राष्ट्रिय सुरक्षाको पहरेदारीसँगै विकास निर्माण, विपत् व्यवस्थापन तथा पूर्वाधार विकासका अनेकौँ चुनौती पन्छाउँदै सेनाले आफ्नो व्यावसायिकता, अनुशासन र प्रतिबद्धता प्रमाणित गर्दै आएको छ । दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माण गरी नेपाली सेनाले राष्ट्रनिर्माणमा विशिष्ट पहिचान स्थापित गरेको छ । विसं १८०१ असोजमा तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा नुवाकोेट राज्य आक्रमण गर्दा गठन भएको सुरक्षा फौज, विसं १८१९ मा स्थापना गरिएको श्रीनाथ कम्पनी, कालीबक्स कम्पनी, बर्दवाणी कम्पनी (हाल बर्दबहादुर), सबुज कम्पनी र गोरख कम्पनी एकीकृत भई नेपाली सेनाको औपचारिक स्थापना भएको थियो । 

नेपाल एकीकरण अभियानमा मकवानपुर राज्य विजयपश्चात् तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई मकवानपुर गढीमा पराजित गरेपछि त्यही लडाइँबाट हासिल गरिएका हतियार सङ्कलन गरी नेपाली सेना स्थापना गरिएको थियो । विसं १८२४ मा अङ्ग्रेजसँग सिन्धुलीमा भएको युद्धमा थप हातहतियार बरामद गरेपछि थप सुसङ्गठित भएको थियो । नेपाली सेना स्थापनाकालदेखि नै साझा चरित्रका रूपमा सबै जातजाति, सबै भूगोल र सबै क्षेत्रको साझा प्रतिनिधित्वको रूपमा स्थापित छ । नेपाली सेनाको सबलीकरण र विकासका क्रममा जनरल भीमसेन थापाले सुरु गरेका ब्यारेकीकरण र २००९ सालमा गरिएको पुनर्संरचना आधुनिक नेपाली सेनाको जग मानिन्छ । 

समयव्रmमसँगै नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति बलियो बन्दै जाँदा नेपालमा भएका विभिन्न कालखण्डका व्यवस्था परिवर्तनसँगै नेपाली सेनाको संरचना र सङ्गठनमा केही फेरबदल आए पनि सैनिक चरित्र र सेनाको व्यावसायिकतामा थप निखार आइरहेको छ । फागुन ३ गते महाशिवरात्रि पर्वका दिन नेपाली सेनाले २६३ औँ स्थापना दिवस मनाउँदै छ ।

पूर्वाधार विकासमा सेना 

संविधानबमोजिम सरकारले तोकेको विकास निर्माणका कार्य नेपाली सेनाले पूर्ण जिम्मेवारीका साथ समयमै पूरा गर्दै आएको छ । सेनाको विकास निर्माण निर्देशनालय अन्तर्गत हाल राष्ट्रिय गौरवका दुई वटा (काठमाडौँ तराई/मधेश द्रुत मार्ग र कालीगण्डकी कोरिडोर) र अन्य दुई वटा गरी जम्मा चार वटा आयोजना निर्माणाधीन छन् । राष्ट्रिय गौरवका आयोजना खा“दबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा खण्ड) सडक आयोजना र कर्णाली कोरिडोर(लालिबगर–दुल्लिकुन्ना खण्ड) सम्पन्न गरी हस्तान्तरण भइसकेको छ भने घाटपारीचौर–बद्रीगाउ“–भुक्काखोला खण्ड हाल निर्माणाधीन अवस्थामा छ । बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ र दार्चुला टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) सडक आयोजना पहिलो प्राथमिकता छन् । ती सडक आयोजना निर्माण प्रगति हेर्दा आयोजना समयमै सम्पन्न हुने अपेक्षा छ । निजी निर्माण कम्पनीहरूले निर्माण गर्न नसक्ने देखिएपछि सरकारले आयोजनाहरू निर्माणको जिम्मेवारी सेनालाई दिएको थियो । कठिन भौगोलिक भूबनोट, कडा चट्टानयुक्त इलाका र भौगोलिक रूपमा विकटमा रहेका यी निर्माणाधीन सडक आयोजना कठिन र निकै चुनौतीपूर्ण आयोजना मानिन्छन् । 

राष्ट्रिय गौरवको खा“दबारी–किमाथाङ्का सडक आयोजना उत्तर–दक्षिण कोरिडोर(रानी, विराटनगरदेखि किमाथाङ्का, सङ्खुवासभा) को सडकखण्ड निर्माण कार्य आर्थिक वर्ष २०६५÷६६ मा सुरु भएको हो । कुल लम्बाइ ३९० किमीमध्ये १५८ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । विसं २०७६ भदौमा सरकाले च्याम्ताङ–घोङ्घप्पा खण्डको १०.५१ किमी ट्रयाक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । काठमाडौँबाट ७५० किमी सडक दुरीमा रहेको यस आयोजनास्थल सङ्खुवासभाको भोटखोला–१ र २ मा पर्छ । त्यस्तै खा“दबारीबाट च्याम्ताङसम्म सडक विभागद्वारा निर्मित ‘फेयर वेदर रोड’ छ । यस सडकमध्ये किमाथाङ्का नाकाबाट घोङ्घप्पासम्मको १४ किमी सडकखण्डको ट्र्याक खोलिएको छ । 

नेपाली सेनाल च्याम्ताङबाट घोङ्घप्पासम्मको खण्डमा नौ मिटर चौडाइको सडक निर्माण विसं २०७७ माघ २४ गतेदेखि सुरु गरेको थियो । उच्च हिमाली भेगमा अवस्थित यस आयोजना स्थलको उचाइ च्याम्ताङमा दुई हजार पाँच सय मिटरदेखि किमाथाङ्कामा दुई हजार ६२८ मिटरसम्म रहेको छ । आव २०८१/८२ को अन्त्यसम्ममा नेपाली सेनालाई प्राप्त जिम्मेवारी सुरु विन्दु च्याम्ताङदेखि अन्तिम विन्दु घोङ्घप्पा खण्डसम्मको १०.५१ किमी ट्रयाक खोल्ने कार्यको ‘ब्रेक थ्रु’ भएको छ । आगामी आवमा ४.३१ किमी ट्रयाक स्तरोन्नति गरी सेनालाई प्राप्त जिम्मेवारी सम्पन्न गर्दै छ ।

कर्णाली कोरिडोर सडक 

विसं २०७८ असोज ५ गते सरकाले कालिकोट र बाजुरा घाटपारिचौर–भुक्काखोला खण्डको ११ किमी र हुम्लाको दुल्लिकुना–लालीबगर खण्डको सात किमी ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको थियो । त्यस्तै विसं २०७८ फागुन १६ गते दुल्लिकुना लालीबगर खण्डको थप चार किमी ट्रयाक निर्माणको जिम्मेवारी समेत सरकारले सेनालाई दिएको थियो ।

राष्ट्रिय गौरवको यस कर्णाली कोरिडोर सडकले राष्ट्रिय सडक सञ्जाल नपुगेको हुम्लाको सिमकोटलाई जोड्दै उत्तरतर्फ नेपाल–चीन सिमाना हिल्सा र दक्षिणमा भारतस“ग जमुनाहलाई जोडेको छ । यसलाई उत्तर दक्षिण समृद्ध मार्गको रूपमा हेर्ने गरिएको छ । प्रस्थान विन्दु कालिकोटको खुलालुदेखि हुम्लाको सल्लिासम्म १२२.७५ किमी ट्रयाक निर्माण सम्पन्न गरी सेनाले विसं २०७८ असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरी हाल सडक यातायात सुचारु भइरहेको छ । 

सलीसल्लादेखि हिल्सा कुल १४५ किमी खण्डमध्ये सलीसल्लादेखि सिमकोट ५१ किमी र सिमकोटदेखि हिल्सा ९४ किमी रहेको छ । सिमकोटदेखि हिल्सासम्मको ९४ किमी ट्रयाक निर्माण भइसकेको छ । जटिल भूबनोट रहेको सिमकोटदेखि सलीसल्लासम्म ११ किमी खण्डको ट्रयाक निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । कालीकोट र बाजुराको घाटपारिचौर–बद्रीगा“उ–भुक्काखोला खण्डको ११.०५ किमी खण्ड र खुलालु–लैफु–सलीसल्ला खण्डको पुनः रेखाङ्कन गरी कर्णाली नदीको  किनारैकिनार निर्माण भइरहेको छ । यस इलाकाको उचाइ घाटपारिचौर एक हजार र लाली बगरको उचाइ दुई हजार मिटरसम्म छ ।

बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक 

विसं २०७३ मङ्सिरमा सरकाले गोरखाको हावाडा“डादेखि लार्केभन्ज्याङसम्म ९२ किमी सडक ट्रयाक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाको रेखाङ्कन गोरखाको धार्चे र चुमनुब्री हु“दै लार्केभन्ज्याङसम्म रहेको छ । 

यस सडक आयोजना मनास्लु संरक्षण क्षेत्रमा रहेको र विसं २०७३ देखि सेनाले निर्माण गरिरहेको छ । उक्त सडक खण्ड अन्तर्गत हावाडा“डादेखि दोभान इलाकाको १८ किमी सडकखण्ड निर्माण सम्पन्न भई विसं २०७९ असारमै सडक विभागलाई हस्तान्तरण गरिएको छ । यस सडक आयोजनाको सुरु विन्दु हावाडा“डा र अन्तिम बिन्दु लार्केभन्ज्याङसम्म ६९० मिटरदेखि पाँच हजार १६० मिटरसम्मको उचाइमा फैलिएको छ ।

दार्चुला–तिङ्कर सडक 

४२५ किमी लम्बाइको महाकाली कोरिडोर(ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर) सडक आयोजना उत्तर–पश्‍िचममा भारत तथा पूर्वमा चीनको तिब्बत जोड्ने सडक आयोजना हो, जसको सुरु विन्दु कञ्चनपुरको ब्रह्मदेव हो भने अन्तिम बिन्दु दार्चुलाको टिङ्कर भन्ज्याङ रहेको छ । यस मार्ग सुदूरपश्चिम प्रदेश तथा समग्रमा नेपालको अर्थतन्त्रलाई नै टेवा पु¥याउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय सामरिक तथा रणनीतिक महŒवको योजना मानिन्छ । 

महाकाली कोरिडोर अन्तर्गतको दार्चुला टिङ्कर सडक आयोजना १३४ किमी छ । यसको निर्माण कार्य सडक विभागमार्फत आव २०६५÷६६ बाट सुरु भई आव २०७५÷७६ मा दार्चुला खलङ्गादेखि सुनसेरा ४० किमी सडक खण्डको ट्रयाक निर्माण गरी मौसमी सडकको रूपमा आंशिक यातायात सञ्चालन भइरहेको छ भने सडकको स्तरोन्नति जारी छ । 

विसं २०७७ वैशाखमा सरकाले नेपाली सेनालाई व्यास–१ र २ मा अवस्थित दार्चुला तिङ्कर (कोठेधार–टिङ्कर) खण्ड ७५ किमी निर्माण र विसं २०७८ माघ १७ गतेको सरकाले 

व्यास–३ तुषारपानीदेखि कोठेधारसम्मको चार किमी सडकखण्डको निर्माणको जिम्मेवारी पनि सेनालाई दिएको थियो । सेनाले दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत तुषारपानी–टिङ्कर खण्डको ७९ किमी सडक निर्माण गरिरहेको छ, जुन अपि नम्पा संरक्षण क्षेत्र अन्तर्गत एक हजार आठ सय मिटरदेखि पाँच हजार दुई सय मिटरको उचाइमा फैलिएको छ ।

अन्य आयोजना

सरकारले नेपाली सेनाको विकास निर्माण निर्देशनालयलाई जिम्मेवारी दिएका सबै आयोजना गत आवमै शतप्रतिशत सम्पन्न भएका छन् । कर्णाली कोरिडोरसडक निर्माण कार्यदलद्वारा १४ बाहिनी अड्डासमेतको संलग्नतामा हुम्लास्थित सल्लीसल्ला–हिल्सा सडकखण्डको बोक्चे गौ“डा, भिर गौ“डा र याङ्गचु भिर खण्ड गरी आठ सय मिटर सडक निर्माण तथा खार्पुनाथमा दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज जडान सम्पन्न गरेस“गै हुम्ली नागरिकको राष्ट्रिय सडक सञ्जालस“ग जोडिने सपना  पूरा भएको छ । 

बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलद्वारा निर्माणाधीन सडकखण्डमा पर्ने तातोपानी भिरमा सडकको चौडाइ वृद्धि कार्यसहित ग्रेड मिलानको कार्य सम्पन्न गरेस“गै ठुला सवारीसाधनलाई समेत आवागमनमा सहज भएको छ । साथै सेनाले सोलुखुम्बुको सोलुदुधकुण्ड–५ सल्लेरीस्थित जिल्ला समन्वय समितिको खेल मैदान अगाडिबाट शिव मन्दिरसम्मको सडक निर्माण सम्पन्न गरेको छ ।