• २ फागुन २०८२, शनिबार

प्रदर्शनीमा कलाकार सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानको सहआयोजना तथा विराटनगर महानगरपालिकाको विशेष सहयोग, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको सहयोगमा ‘कोशी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ सुरु भएको छ । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धानका आधारमा कलात्मकताको मूल्याङ्कन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष विधागत रूपमा कलाकारलाई सम्मान गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रदेशका अग्रज सर्जकहरू स्व. रणध्वज नेम्वाङ (पाँचथर), शिवनारायण पण्डित (सुनसरी), अगमलाल राजवंशी (झापा) तथा सुबोधचन्द्र दास ‘एससी सुमन’ (मोरङ) लाई सम्मान गरिएको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको कार्यव्रmमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने विशेष अतिथिका रूपमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको उपस्थिति रहेको थियो । 

कार्यव्रmममा संयोजक प्राज्ञ सञ्जय बान्तवा र सहसंयोजक विवश पोखरेललगायत प्राज्ञ चन्द्र रानाहाछा, प्राज्ञ जीवनाथ पोखरेल, प्राज्ञ सरोजा खड्की, प्राज्ञ गङ्गा सुवेदी, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष गणेश लामा, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ अनुराधा थापा, समीक्षक मुकेश मल्ल र तीर्थ निरौलालगायतको उपस्थिति रहेको थियो । कार्यव्रmमको सञ्चालन विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदीले गर्नुभएको थियो ।