पाँचथरको फिदिम नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि एक अर्ब १० करोड ५१ लाख ३३ हजार दुई सय एक रुपियाँको बजेट ल्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताउनुभएको छ ।
ताप्लेजुङका नौ वटै स्थानीय तहले सवा चार अर्ब रुपियाँ बढी बजेट प्रस्तुत गरेका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मङ्गलबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधीवक्ताको कार्यालय लगायत, स्वास्थ्य र आर्थिक मामिला मन्त्रालय लगायतमा विनियोजित विधेयकमाथि छलफल भएको छ।
मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका १ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ ।
किसानलाई आत्मनिर्भर बनाउने र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य साथ आर्थिक विकास परियोजना अन्तर्गत तानसेन नगरपालिकाले ११ वटा वडाका किसानलाई कृषि सामग्री, बाख्रा तथा मौरीघार प्रदान गरिएको छ ।
प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १५ घर भएका ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिराहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताउनुभएको छ।
बागलुङ नगरपालिका–९, तित्याङ अदुवाबारीबाट देखिएको बागलुङ बजार र आसपासको क्षेत्र ।
कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो। पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।
देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपक्षी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशवाट दुईजनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरूपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको टोलीले ब्रिज डिकेड कपको उपाधि जितेको छ ।