जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाइएको छ ।
तिला गाउँपालिका–५, खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबिच भेटवार्ता भएको छ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । गत फागुन पहिलो सातादेखि फैलिएको सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा जान सक्नेलाई मात्रै बजेट प्रस्ताव गर्नेगरी मन्त्रालयहरुसँग प्रारम्भिक छलफल सुरु भएको छ ।
यस वर्ष चैत महिनामा भएको पर्याप्त वर्षाले सर्लाहीका किसानलाई राहत पुगेको छ।
सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ ।
सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि बढोत्तरी हुने देखिएको हो ।
म्यान्माको सैनिक शासन थप मजबुत हुने सङ्केत देखिँदै गएको छ । यहाँ जुन्ता प्रमुख मिन आङ ह्लाइङ तल्लो सदनबाट उपराष्ट्रपति निर्वाचित भएसँगै राष्ट्रपति बन्ने प्रक्रियातर्फ निर्णायक रूपमा अघि बढ्नुभएको छ ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँमा एक महिलाको हत्या भएको पुष्टि भएको छ ।
पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आन्दोलनमा रहेको एमाले बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नुभएको छ ।
सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बिचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ ।