उदयपुर, असार ८ गते । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो ।शस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनभयो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए ।
काठमाडौँ, असार ८ गते । आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित आवासमा पहुँच वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शहरी विकास मन्त्रालय र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त आयोजनामा आज ललितपुरमा भएको सीमान्तकृति समुदायका लागि आवास पहुँचसम्बन्धी राष्ट्रिय गोष्ठीका वक्ताहरुले आवासको हक कार्यान्वयनका लागि सबै निकायले भूमिका बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संविधानले नै आवासको हकलाई मौलिक हकमा समावेश गरिसकेकाले आवास नहुनेहरुका लागि आवासको हक प्राप्त गर्नु महत्वपूर्ण हुने र सरकारले शहरी विकास नीतिअनुरुप आवास निर्माणलाई जोड दिइरहेको बताउनुभयो । अहिले कानुनलाई समयसापेक्ष बनाउने क्रममा शहरी विकास विधेयक बनाउँदै गरेको जानकारी दिँदै सचिव सिग्देलले सरकारले कोही पनि आवासविहीन नहुनेगरी सर्वेक्षण गर्न लागेको पनि जानकारी दिनुभयो । उहाँले संयुक्त आवाससम्बन्धी कानुन संशोधनको चरणमा रहेको बताउनुभयो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सीमान्तकृत समुदायलाई आवास मात्रै बनाएर नहुने, उनीहरुका लागि रोजगारी र आयआर्जनका कार्यक्रम सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय क्षेत्रमा आवास उपयोग नभएको अवस्थामा त्यसलाई ध्यान दिन सुझाव दिनुभयो । शहरी विकास तथा भवन निर्माण विभाग काठमाडौँका महानिर्देशक मचाकाजी महर्जनले सबै निकायको समन्वयमा मात्रै आवासको हक स्थापित गर्न सकिने बताउनुभयो । कार्यक्रममा सीमान्तकृत समुदायका लागि आवास पहुँचसम्बन्धी विभाग र लुमन्ती आवासका लागि सहयोग समूहबीच त्रिवर्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा विभागका महानिर्देशक महर्जन र लुमन्तीकी कार्यकारी निर्देशक लजना मानन्धरले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा लुमन्ती आवासका लागि सहयोग समूहकी अध्यक्ष गुजेश्वरी श्रेष्ठले कुनै पनि कार्यक्रम सुरुआत गर्न सजिलो तर कार्यान्वयनमा कठिन हुने गरेको बताउनुभयो ।
मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सञ्चारमाध्यमले सही, सत्य कुरा लेख्नुपर्नेमा जोड दिनुभएको छ।
धनकुटा रहेर संचारमाध्यममार्फत मानव अधिकारको पक्षमा कलम चलाएको भन्दै दुईजना पत्रकारलाई सम्मान गरीएको छ ।
पाल्पाको रामपुर नगरपालिकाले तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माएमा तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्ष सम्म मासिक पाँच सय प्रदान गर्ने नीति लिएको हो ।
बागमतीका प्रभात कपाली र लुम्बिनीका विशेष बुढा मगरले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण जित्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताउनुभयो ।
गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।
सङ्खुवासभाको चैनपुर बजार । चन्द्रपुर धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामकरण भएको मानिन्छ । चैनपुर प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित छ ।
देशकै ठुलो महानगर पोखराले आइतबार आठ अर्ब ३५ करोड १२ को बजेट ल्याएको छ। आइतबार सुरु भएको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२÷०८३ का लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेश गर्नुभएको हो।
इलामको रोङ गाउँपालिका ३ पाथले डाँडा स्थित मेची राजमार्ग सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि सशुल्क निकुञ्जको जङ्गल क्षेत्र खुला गरेको छ । जङ्गलमा पाइने च्याउ सङ्कलन गर्न स्थानीयहरूका लागि सशुल्क जङ्गल क्षेत्र खुला गरिएको निकुञ्जले जनाएको छ ।
स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप लिग–२ र त्रिकोणत्मक टी–२० सिरिज खेलेर नेपाली पुरुष क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
१० करोड ३३ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ।