अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ ।
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई-अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
काठमाडौँ, मङ्सिर १ गते । समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउ चिकित्सकले आग्रह गरेका छन् । वल्ड प्रिम्याचुरिटी डेको अवसरमा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. एली प्रधान रञ्जितकारले यस्तो आग्रह गर्नुभएको हो । समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ समय अगावै जन्मिएका शिशुमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुने हुँदा भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । परीक्षण नगराउँदा जोखिम बढ्दै जान्छ ।”नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा समस्या देखिन सक्ने बाल आँखा रोग विशेषज्ञ डा.सिर्जना अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यस्ता बच्चाका आँखाको पर्दामा रगत जम्ने गर्छ यदि समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”डा.प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने जानकारी दिनुभयो ।
साउदी अरबस्थित भारतीय दूतावासले पवित्र सहर मदीना नजिकै मुस्लिम तीर्थयात्री सवार बस दुर्घटना भएको पुष्टि गरेको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
सयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सम्भावित साइबर सुरक्षा खतराविरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबारदेखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ ।
भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपिजी आपूर्ति सुनिश्चित गर्ने एक ‘महत्ट्टवपूर्ण’ वार्षिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसलाई भारतले ऊर्जा स्रोतको दिगो विविधीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका गरेको छ ।
सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।
वीर अस्पतालको अवलोकनपछि मन्त्री गौतमले वीर अस्पतालमा आधुनिक उपकरणका साथै दक्ष चिकित्सकबाट सेवा दिँदै आएकोले ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको हो ।
हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।
धादिङको नीलकण्ठ नगरपालिकामा ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन भइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ।