रुकुमपश्चिमका युवाहरूले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपमा अस्वस्थ व्यक्ति तथा अस्वस्थ मतदाताको मतदान प्रक्रियालाई सहज बनाउनुपर्ने माग गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल औषधी उत्पादक सङ्घको दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ ३० गते काठमाडौँमा हुने भएको छ ।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ कांग्रेस चुनावमा होमिएको बताउनु भएको छ ।
म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । धवलागिरि गाउँपालिका–४, केराबारीस्थित बेनी–नाउरा सडक खण्डमा बिहीबार ग १ ज ७२२२ नम्बरको जिप दुर्घटना भएको हो ।
दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमण्डौ फर्कनु भएको छ ।
अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडाली सामानमा लगाइएको कर खारेज गर्ने पक्षमा मतदान गरेको छ ।
सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ ।
नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार पार्ने प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका मूलभूत विषयहरू समावेश गर्न सुझाव दिएका छन्।
यहाँको भैरवी गाउँपालिका–१, जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेता बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् ।
दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ-मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२४ को जेन-जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।