• २९ माघ २०८२, बिहिबार

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

blog

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ २९ गते ।  सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो । अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो । ४४.२९ अङ्क प्राप्त गरेको कोशी र ४२.४६ अङ्क प्राप्त गरेर बागमती प्रदेश क्रमशः दोस्रो र तेस्रो भएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को कुल लेखापरीक्षणबाट औलाएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ को विनियोजित रकम अनुसार खर्चको अवस्था लगायत ११ वटा सुचकको आधारमा मूल्याङ्कन गरिएको छ ।