काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताउनुभएको छ ।
म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्पे्ररित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको छ ।
रुकुमपश्चिममा आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट फैलिएको पाटेबाघलगायत वन्यजन्तुको आतङ्क बढ्दै जाँदा सल्यानको कालीमाटी गाउँपालिकाका स्थानीय बासिन्दा त्रसित बनेका छन् । समस्या समाधानको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सल्यानले सरोकारवालासँग आन्तरक्रिया तथा विरोध कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय बजारमा आज तोलामा १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ ।
बन्दुकको छर्रा लागेर डोटीमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घरमा बिजुलीको वायरिङ्ग गरिरहेको समयमा बन्दुक पड्किदा डोटीको बोगटान फुड्सिल गाउँपालिका –१ लफडा गाउँका ३० वर्षीय कलम धामीको ज्यान गएको हो ।
दाङको देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ । देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको रिङरोड निर्माण निकै सुस्त बनेको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड निर्माणको भौतिक प्रगति छ वर्षको अवधिमा हालसम्म २
जङ्गलसहिया सब–डिभिजन वन कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ।
२७ वर्षअघिसम्म निस्दी गाउँपालिकाको खादर गाउँमा कुँडुले घर मात्रै थिए । खादरसँगै मगर समुदायको बाहुल्यता रहेको पाल्पाका अधिकांश बस्तीमा परम्परागत घुमाउरो घर अर्थात् कुँडुले घर प्रशस्तै देखिन्थे ।