• २९ माघ २०८२, बिहिबार

देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

blog

लीलाधर वली 
घोराही, माघ २९ गते ।
दाङको देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ । देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा चालक गढवा गाउँपालिका–१, कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान सवा ६ बजेको समयमा भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना. ८ ख. ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा. १ ह. ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक डबलबहादुर बमले गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ  । अटोमा विद्यालय जान लागेको चार जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।