चुनाव जनताको सहभागिताबाट शासन चयन गर्ने विधि हो । यसको जरा प्राचीन सभ्यतासम्म पुग्छ तर आधुनिक अर्थमा चुनाव लोकतन्त्रसँगै विकसित भएको हो । विश्वमा चुनाव लोकतन्त्रको मेरुदण्ड बनेको छ भने नेपालमा यो निरन्तर सङ्घर्ष र परिवर्तनको उपज हो । नेपालका चुनावहरूले जनताको सहभागिता बढाएका छन् । गुणस्तर, नैतिकता र परिणाममुखी राजनीतिका प्रश्न अझै जीवि
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले तयारीलाई तीव्र पारेको छ ।
देश निर्वाचनको सँघारमा छ । अहिलेको परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारण, मतदानसँग सम्बन्धित सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन, अनुगमन आदि ज्यादै महत्वपूर्ण हुन्छन् । यसका अतिरिक्त निर्वाचनको समयमा अत्यावश्यक हुन सक्ने आकस्मिक सेवा सुरुवाती चरणदेखि मतगणना सम्पन्न
स्याङ्जाको वालिङ नगरपालिकाले दक्ष जनशक्तिलाई पहिचानको अभियान सुरु गरेको छ । सिप जानेर पनि परीक्षण नगराएकाहरुको पहिचान गरि पालिकाले व्यवस्थित गर्ने काम गरेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको हो ।
बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सम्बोधन गर्नुभएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबिच चारबुँदे समझदारी भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले बुधबार नेपालले कान्स फिल्म फेस्टिभल–२०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटन प्रवर्धनबारे सामग्री उत्पादन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई समेटेर कथासारबारे जानकारी दिइएको छ ।
सरकारले अर्थतन्त्रसँग सम्बन्धित पछिल्ला तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले सुरु गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि नेपाल उद्योग परिसङ्घले सहयोग गर्ने भएको छ । यसका लागि बुधबार आयोजित एक कार्यक्रममा कार्यालय र परिसङ्घबिच समझदारी (एमओयु) गरी अध्ययन र तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमति भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ८३ पैसा र बिक्रीदर १४५ रुपियाँ ४३ पैसा तोकिएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।
एकीकृत जाँचचौकी (आइसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा प्रवेश गरेका र जाँचपासपछि बाहिरिने मालवाहक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टि गर्न नसक्दा आइसिपीपरिसरमा सवारी व्यवस्थापन असहज बनेको हो ।
नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिले लगानी प्रवर्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) सहकार्य तथा सरकार–सरकार (जिटुजी) समन्वयका विषयमा गहन छलफल भएको जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभएर राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताउनुभएको छ ।