नेपालमा पर्वतारोहण र पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपालमा खर्चालु पर्यटक भित्र्याउने मुख्य आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) मा यस वर्ष पछिल्लो तीन वर्षयताकै सर्वाधिक सफलता मिलेको पर्यटन विभागले जनाएको छ ।
आन्तरिक बजारमा कफीको खपत बढ्दै गएको छ । कफीको आयातनिर्यातको आँकडाले त्यस्तो देखाएको छ ।
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपियाँबराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको १२ पार्टी घटकसँग एकतापछि सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको भावना अनुरूप र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न आफूमातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेमा धेरै जसो प्रहरी अधिकारीहरू रहेका छन् ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्दीय कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो ।
बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल
नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ। चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।
आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देश गरेको छ ।