अतिक्रमणमा परेको नवलपरासीको सुस्तामा कुनै सीमास्तम्भ छैन्, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भुभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्बललाई २–० गोलले पराजित गरेको हो ।
बुधबार भएको खेलमा सशस्त्र प्रहरीका हरि खड्काको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले याक, चौँरी, नाक तथा छुर्पी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई अनुदान उपलब्ध गराएको छ ।
इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्र बाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतले अल-खलिलमा १० जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै धेरै घरमा छापा मारेको रिपोर्ट गरेको छ ।
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पारदर्शी शासनले मात्र मधेस उर्वर बन्ने बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोगको कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जस मध्ये ७७ प्रतिशत हतियार अमेरिकाबाटै आएका मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलवार जानकारी दिनु भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बढ्दो भ्रष्टाचारका कारण संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था कमजोर हुने भएकोले भ्रष्टाचार नियन्त्रणमा सवैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अभिनेता सुनील थापाको निधनले आफू दुःखी भएको बताउँदै चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कलेसमेत सधैँ सम्झिरहने थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउनु भएको छ ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भएको जानकारी दिएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ ।