संयुक्त राष्ट्रसङ्घको आयोजनामा अन्तर्राष्ट्रिय विकासका लागि चौथो वित्त सम्मेलन आगामी जुन ३० देखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिलमा आयोजना हुँदै छ ।
बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।
वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ । बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा फसेका थिए ।
नेपालको शैक्षिक प्रणालीलाई समयसापेक्ष तुल्याउन २०२७ सालमा नयाँ शिक्षा लागु गरियो ।
धनकुटा नगरपालिका–१०, स्थित उत्तरपानीमा घरको छतबाट लडेर एकजानको महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको मृत्यु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारको वार्षिक कार्यसम्पादनमा संस्कृति मन्त्रालय दोस्रो स्थानमा रहेर अब्बल भएको बताउँदै नेपाल–प्रज्ञा–प्रतिष्ठान आफैँले कमाएर सञ्चालन हुन सक्ने वातावरण बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । आफू भाषा साहित्यसेवी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिष्ठानले दिने हल भाडालाई सदुपयोग गरे आर्थिक रूपमा बलियो हुन्छ ।”
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४६ पैसा र बिक्रीदर १३९ रुपियाँ ०६ पैसा निर्धारण गरिएको छ ।
देवपतन र पशुपतिको जय वागेश्वरीमा बिहीबार ‘त्रिशूल जात्रा’ मनाइएको छ । जय वागेश्वरीभन्दा केहीमाथि रहेको सत्तलबाट दुई बालिका र एक बालकलाई त्रिशूलले रोपेको स्वरूप जस्तो देखिने गरेर खटमा राखेर पशुपति क्षेत्रको परिक्रमा गरी जात्रा मनाइएको छ । स्थानीय नेवार समुदायमा यसलाई ‘मचाति’ भनिन्छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न ३७ औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
म्याग्दीको बेनीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग अनुसारको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बागलुङको ढोरपाटन नगरपालिकाले राष्ट्रिय ऋण तिर्न पाँच लाख बजेट विनियोजन गरेको छ । कार्यबाह नगरप्रमुख धन बहादुर कायत कल्याणले देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरेको बताउनुभयो ।
पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन । पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ ।
फेदीखोला गाउँपालिका स्याङ्जाले हल गोरु पाल्ने किसानलाई बिहीबार १४ लाख ४५ हजार प्रोत्साहन अनुदान वितरण गरेको छ ।