बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका ६ मा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक घोषणा गरेर विवाद गर्दै आएको पाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गर्नुभएको छ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।
सडकलाई असहाय मानिसविहीन बनाउन दत्तचित्त संस्था मानव सेवा आश्रमलाई हेमादेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ।
नेकपा (एमाले)ले गुल्मीमा जनसभा गरेको छ। तम्घासमा भएको प्रदर्शनसहितको जनसभालाई सम्बोधन गर्न केन्द्रीय नेताले सम्बोधन गरेको छ।
तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार ३२ वर्षपछि पुनः विद्यार्थीको रूपमा कक्षामा फर्किनु भएको छ ।
रामपुर नगरपालिका–७, स्थित आधारभूत माध्यमिक विद्यालयले शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी कृषकलाई सेवा दिएको हो ।
नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी १५औँ यल कप ब्याडमिन्टनको पुरुष युगलतर्फ अन्तिम आठमा पुग्नुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका) गरेका घन्टी सुरक्षित रहेका हुन्।
पालिकाले सो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गरे सँगै यहाँ पर्यटक पुग्न थालेका हुन् । मगर जातीले सो स्थानलाई समाधि स्थलको रुपमा प्रयोग गर्दै आएका छन् ।
छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ ९ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।
गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।
थाइल्यान्डका रेन्जरले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुई जनालाई पक्राउ गरेका छन् ।