दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ ।
बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन ।
काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।
जिल्ला अस्पताल मुगुमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आव २०८१÷८२ मा अस्पतालमा दुई हजार ८०५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पताल शाखा मुगुले जनाएको छ ।
पिउने पानीको अभावले गर्दा पुस्तौँदेखि भयावह समस्यामा रहेको जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ स्थित बाङ्गेसल्ला बस्तीमा विगतमा दैनिक दुईदेखि चार घण्टासम्म उकालो ओरालो गर्दै पानी ल्याउनुपर्ने बाध्यता हटेको छ ।
शिक्षा क्षेत्रमा राजनीति नगर्न सरोकारवालाले राजनीतिक दललाई ध्यानाकर्षण गराउनुभएको छ । जुम्लामा मङ्गलबार सञ्चालित सार्वजनिक शिक्षा सुधारका लागि बृहत् शैक्षिक बहस कार्यव्रmममा सहभागीले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप भएकाले र त्यसको अन्त्य गर्नुपर्ने राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।
रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो भइरहेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याका भएका महिलाहरुका लागि निःशुल्क स्क्रिनिङ शिविर सम्पन्न गरेको छ ।
अहिले मध्यपूर्व तनावग्रस्त छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला गएको सातादेखि इजरायल र इरानबिच युद्ध चर्केको छ ।
भीरबाट लडेर गम्भीर घाइते हुनुभएको कालीकोटको नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ । घरका लागि काठ लिन आउँदै गर्दा भीरबाट लडेर सहकरी गम्भीर घाइते हुनुभएको थियो ।
विश्वका सबैभन्दा सम्पन्न कहलिएका सातवटा देशको ५१ औँ शिखर सम्मेलनका लागि तय भएको समयतालिका (१५–१७ जुन) नजिक आउँदै गर्दा आयोजक राष्ट्र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई अन्तर्राष्ट्रिय परिस्थिति तनाउयुक्त हुने आहट सम्भवतः भइसकेको थियो ।
नेपालमा पछिल्लो समय विशेष गरी अनलाइन मिडिया र युट्युबको विकास तीव्र गतिमा भइरहेको छ ।
युवाको क्षमता विकास नै देश विकासको आधार हो ।
दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्रे गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रे रिएको हो ।