• २८ माघ २०८२, बुधबार

फेरि पनि मधुपर्क फेरि पनि गोरखापत्र

blog

धन्यवाद थोमस जेफर्सन (१७४३–१८२६, अमेरिकी तृतीय राष्ट्रपति) । धन्यवाद यस निम्ति कि उहाँले भन्नुभएको थियो, “सरकार र पत्रकारिता कुन रोज्छस् भनियो भने अवश्य नै म पत्रकारिता रोज्ने छु ।” यसर्थ उहाँ मेरा लागि अमेरिकी राष्ट्रपतिभन्दा पत्रकारिताका प्रणेता हुनुहुन्छ । २०५५ मङ्सिर २८ गतेदेखि गोरखापत्र र त्यसअघि विभिन्न पत्रिकामा आबद्ध भई पत्रकारिता गर्नुअघि नै म साहित्यको गोरेटोमा थिएँ । २०७५ भदौ १ देखि मलाई पहिलो पटक मधुपर्कमा सरुवा गरियो । मासिक प्रकाशनमा पठाइँदा मूलधारका पत्रकारका नाखुस हुने अनुभवविपरीत म हासी हासी हार्दिकताका साथ मधुपर्कमा गएको थिएँ । किनभने मलाई साहित्य र पत्रकारिता कुन रोज्छस् भनिएको भए जेफर्सनले जस्तै उत्तर दिने थिएँ ‘पहिलो प्राथमिकता साहित्य’ । यसर्थ मधुपर्क मेरो पहिलो रोजाइ थियो । यसै सन्दर्भमा जेफर्सनलाई धन्यवाद । 

२०८१ वैशाखदेखि म मधुपर्कको निमित्ति सम्पादक बनाइएँ । नेपाली भाषा साहित्यको सारथी मधुपर्क, यसको आवश्यकता देख्ने पुस्ता तथा आकार दिने पुर्खाको चाहना अनुसार मधुपर्कमा गति दिनु मेरो कर्तव्य थियो । गोरखापत्रभित्रका सबै प्रकाशन विशिष्ट छन् तर मधुपर्कका उपभोक्ता थप भिन्न र विशिष्ट हुनुभएकाले मधुपर्कको यस्तो वैशिष्ट्यता जोगाउनु मधुपर्ककर्मीको दायित्व मैले कति बुझेँ, बुझिनँ, त्यस अनुकूल काम गर्न सकेँ, सकिनँ म स्वयम्ले मूल्याङ्कन गर्न सक्ने कुरा भएन । म मधुपर्कका लागि उपयुक्त थिएँ वा थिइनँ यो पनि मेरो सरोकारको विषय भएन । मलाई मधुपर्कमा उपयुक्त देखेर जसले जुन जिम्मेवारी दिनुभयो उहाँहरू र आमपाठकले यसबारेमा वस्तुपरक मूल्याङ्कन गर्न सक्नुहुने छ, त्यो नै मेरा लागि अन्तिम फैसला हुने छ तर म मधुपर्ककोे सबैभन्दा भाग्यमानी सम्पादक हुँ भन्नेमा मेरो आफ्नै ठेट मूल्याङ्कन छ । र यो पनि मेरा लागि अन्तिम फैसला नै हो । मैले आमपाठक र सर्जकबाट अथाह माया पाएको छु । ती माया मधुपर्कको मैथिली, भोजपुरी विशेषङ्कमा अङ्कित छन् । सर्जक दिदीबहिनीको मायालाई अक्षरमा साँच्न पायौँ, तिजको अवसरमा मधुपर्कले पहिलो पटक दिदीबहिनी विशेषाङ्क प्रकाशन गरेर । बन्दीपुर, कर्णाली–सुदूरपश्चिम, सुदूरपश्चिम–कर्णालीका शब्दचित्रलाई मधुपर्कमा उतार्न पायौँ । शैलुङलाई मधुपर्कले स्पर्श गरेको छ र प्रकाशन गर्ने छ । यी कामका लागि केही गरेँ वा गर्न सकियो भने मलाई थोरै भए पनि सन्तोष गर्ने ठाउँ हुने छ ।

मधुपर्कले नेपालका विभिन्न स्थानमा पुगेर त्यहाँको साहित्य, सम्पदा, भाषा, संस्कृति र स्थानीय साहित्यकारसँग साक्षात्कार गर्ने अभ्यासको थालनी गरेको छ । यस्तो अभ्यासको बन्दीपुर र शैलुङ शृङ्खला सम्पन्न भएका छन् । यस्ता पहल तथा कार्यव्रmम मधुपर्क प्रकाशन नीतिको कार्यान्वयन पनि हो । प्रकाशन नीतिमा मधुपर्कलाई समसामयिक बनाई बजारमुखी बनाउन कम्तीमा वर्षमा एक पटक साहित्यकारहरूबिच अन्तव्रिर्mया तथा भ्रमण कार्यव्रmमको आयोजना गर्ने भनिए अनुसार आयोजित यस्ता कार्यव्रmमले मधुपर्कलाई पाठक तथा सर्जकसँग थप नजिक पु¥याउन सहयोग पुगेको छ । प्रकाशन नीतिले लक्षित गरे अनुसार अबको मधुपर्कमा ‘नेपालको बहुजातीय संरचना र संस्कृतिलाई संरक्षण गर्ने खालका रचना प्रकाशित गर्ने’ कार्यका लागि पनि यस्ता पहल परिणाममुखी हुने छन् । मधुपर्कको सम्पादकीय नेतृत्वमा रहँदा भएगरेका केही कार्यले मलाई सन्तोष दिन्छन् । केही काम हुन सकेका छैनन्, असन्तोष छ ।

२०२५ जेठदेखि प्रकाशित मधुपर्कको गरिमामय इतिहासलाई विविधता दिन २०५९ देखि हरेक वर्ष दुई जना सर्जकलाई ‘मधुपर्क सम्मान’ अर्पण गर्न थालियो । २०६४ सालसम्म सम्मानको राशि पाँच हजार एक रुपियाँ थियो । २०६५ सालमा १० हजार एक रुपियाँ गरियो । हाल मधुपर्क सम्मानको राशि जनही ५० हजार रुपियाँको छ । सुरुमा दुई जनालाई अर्पण गर्न थालिएको सम्मान २०७६ देखि तीन जनालाई अर्पण गरिन्छ । मधुपर्कमा प्रकाशित सामग्रीको ज्येष्ठता, श्रेष्ठता, निरन्तरता जस्ता आधारसहित सम्मान छनोट उपसमितिले बनाएका मापदण्डका आधारमा जीवित स्रष्टामध्ये गद्य, पद्य र खुला प्रतिभा गरी तीन क्षेत्रबाट सम्मान अर्पण गरिन्छ । यी सम्मान मधुपर्कको स्थापित मापदण्ड अनुसार अर्पण गरिनु पर्छ भनेर अडान लिँदा मलाई २०७६ सालमा मधुपर्कबाट हटाइयो तर यो कारबाहीपछि मैले ठुलो नैतिक विजय पाएँ । मधुपर्कमा रचना छापिएका वरिष्ठतम सर्जकलाई अर्पण गर्नुपर्ने सम्मान मधुपर्कमा एउटा पनि रचना नछापिएका सर्जकलाई दिने गर्नु गलत थियो भनेर साहित्यिक क्षेत्रमा जुन आवाज आयो त्यो नै मेरो जित थियो र हो । यसबिच कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरी नेतृत्वको गोरखापत्र संस्थान व्यवस्थापनले मधुपर्क सम्मान अर्पण, यसका सामग्री छपाइमा दिनुभएको स्वयत्तता प्रशंसनीय मात्र होइन, उदाहरणीय पनि छ । मधुपर्क सम्मान छनोट उपसमितिले सर्जकको नाम सिफारिस गर्दैन, निर्णय गर्छ । छनोट समितिको संरचना बनाउने निश्चित स्थापित विधि छन् । यी विधि र प्रव्रिmयामा उहाँहरूले दिनुभएको स्वायत्तता र लिनुभएको विश्वासलाई मधुपर्क नेतृत्वले इमानदारीपूर्वक निर्वाह गरेकाले उहाँहरूकोे कार्यकालमा मधुपर्क सम्मानमा कुनै विवाद आएन । उहाँहरूपूर्व निकटवर्ती नेतृत्वले विधि र प्रव्रिmयामाथि बलात् हस्तक्षेप गरेको वर्ष मधुपर्क सम्मान विवादित भयो । यसबाट पाठ सिकेर गोरखापत्र संस्थानको आगामी नेतृत्वले पनि मधुपर्क सम्मानको स्वायत्तता र गरिमाको मनन गर्नु पर्छ । साथै मधुपर्क नेतृत्वले पनि दिइएको जिम्मेवारी लिइएको विश्वास इमानदारीका साथ पूरा गर्नु पर्छ । केही संस्मरणले म मधुपर्कसँग जोडिइरहने छु । 

पुरस्कारको राशि वृद्धि 

मेरै कार्यकालमा मैले कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरीलाई विशेष अनुरोध गरेर मधुपर्क सम्मानको राशि बढाउन अनुरोध गरेको थिएँ । कार्यकारी अध्यक्षले मेरो अनुरोध स्वीकार गरी २०८० को मधुपर्कको वार्षिकोत्सवमा सम्मान राशि वृद्धिको घोषणा गर्नुभयो । सोही घोषणा अनुसार मेरो पालादेखि अर्थात् २०८१ बाट मधुपर्क सम्मानको राशि जनही ५० हजार रुपियाँ भएको छ । दुई जनालाई दिइने सो सम्मान २०७६ बाट तीन जनालाई दिने गरिएको छ । तीन जना गरिनुमा मेरो पहल थिएन । यसको श्रेय सम्बद्ध पक्षलाई जानु पर्छ । 

कर छुट

मधुपर्क सम्मानमा लाग्दै आएको कर छुट गर्न सुवेदी तथा ऐरी नेतृत्वको संस्थान व्यवस्थापनले लिएको निर्णयलाई आमसाहित्यकारले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । भलै यसका लागि मैले मधुपर्क सम्मानमा कर कटाउनु गलत हो भनेर मधुपर्कको ५५ औँ वाषर््िाकोत्सवको औपचारिक कार्यव्रmममा अप्रिय शब्दसहित आवाज उठाउनुपरेको थियो । कार्यकारी अध्यक्ष सुवेदीले कार्यव्रmमपछि मलाई ‘तपाईं गोरखापत्रको कर्मचारी भएकाले यो हदसम्मको ‘शब्द’ प्रयोग नगर्नुभएको भए हुन्थ्यो’ भनेर सुझाव दिनुभयो तर त्यसबापत कुनै प्रतिशोध र बव्रmदृष्टि राख्नुभएन । मैले सो कार्यव्रmममा उपस्थित पूर्वअर्थ÷मुख्य सचिव कवि विमल कोइराला, पूर्वअर्थ सचिव÷मन्त्री कवि एस्पी कोइराला, पूर्वसचिव कवि दिनेश अधिकारीलाई कार्यव्रmम सञ्चालन गर्दै गर्दा कोर्डियमबाट प्रश्न गरेको थिएँ, “साहित्य, कला, मनोरञ्जन, शिक्षा जस्ता क्षेत्रमा पु¥याइएको योगदानबापत प्रदान गरिने पाँच लाख रुपियाँसम्मको पुरस्कार÷सम्मानमा अर्थ मन्त्रालयद्वारा कर छुट गरिएको हो कि होइन ?” उहाँहरूले हलमै ‘हो’ भन्नुभयो । उहाँमध्ये कसैले र पछि सहकर्मी केदार भट्टराईले मलाई मेसेन्जरमा त्यससम्बन्धी अर्थको परिपत्रको प्रतिलिपि पठाउनुभएपछि मैले आफ्नो जिकिरलाई थप बलियो बनाएँ । अध्यक्ष र महाप्रबन्धकले यसलाई स्वीकार गर्दै मधुपर्क सम्मानमा कर छुट हुने व्यवस्था गर्नुभयो । हाल यसले निरन्तरता पाएकै छ । यसअघि सर्जकलाई दिइएको सम्मान रकममा करकट्टी नगरिएको भन्दै मधुपर्ककर्मी तुलसीहरि कोइरालासँग करबापतको रकम असुल गरिएको घटना सुरक्षित छ ।  

पृष्ठ थप 

मधुपर्कको पृष्ठ थप गरियोस् भन्ने आमपाठक तथा सर्जकको आग्रहलाई मैले गोरखापत्र संस्थानको व्यवस्थापनमा राखेँ । मेरो अनुरोध अनुसार मधुपर्कको २०८२ जेठमा आयोजित वार्षिकोत्सवका अवसरमा तत्कालीन कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले यसको पृष्ठ ८० बाट बढाएर ११२ बनाउने घोषणा गर्नुभयो । यसअघि महाप्रबन्धक लालबहादुर ऐरीले वरिष्ठ सर्जकहरूको समसामयिक अन्तर्वार्ता राख्न, साहित्यिक गतिविधिका समाचार स्तम्भ थप्न, नवोदित सर्जकका रचनालाई बढीभन्दा बढी स्थान दिन र नेपालका विविध संस्कृति÷सम्पदाबारेका खोजमूलक थप आलेख राख्न के गर्नु पर्छ प्रस्ताव ल्याउनुहोला भनेर पटक पटक मलाई भन्नुभए अनुसार मैले यस्तो आग्रह व्यवस्थापनमा गरेको थिएँ । सोहीबमोजिम मधुपर्कको पृष्ठ थप भयो । 

पुरस्कार खण्डित 

विसं २०७७ र २०७८ मा मधुपर्क सम्मान अर्पण गरिएन, कोभिडका कारण, मधुपर्कको वार्षिकोत्सव पनि मनाइएन । २०७९ को वार्षिकोत्सवका अवसरमा मैले तत्कालीन कार्यकारी अध्यक्ष सुवेदीलाई व्यक्तिगत रूपमा अनुनयविनय गरेँ, “२०७७–२०७९ तीन वर्षको सम्मान पनि यसै वर्ष अर्पण गरौँ ।” यो पहल मधुपर्कको तत्कालीन नेतृत्वले गर्नुपर्ने थियो, त्यो नभएपछि मेरो व्यक्तिगत अनुरोध पूरा भएन । पछि मैले कार्यकारी अध्यक्ष सुवेदी सेवा निवृत्त हुँदै गर्दा आयोजित कार्यव्रmममा मधुपर्क सम्बद्ध धेरैै कामको प्रशंसा गर्दै रोकिएका मधुपर्क सम्मानप्रति संवेदनशील हुनुभएन, यो मेरो असन्तुष्टिको र लेखनको विषय हुने छ भनेँ । त्यसको अघिल्लो दिनै पनि मैले एक्लै कार्यकक्षमा उहाँलाई भेटेर भोलि औपचारिक बिदाइ कार्यव्रmममा भन्न पाउँला, नपाउँला तर पुरस्कारप्रति संवेदनशील हुनुभएन, यो मेरो असन्तुष्टि भन्दा लेखन मसला हुने छ भनेको थिएँ । 

आर्ट पेपर

मधुपर्कका विशिष्ट पाठकले यसलाई आर्ट पेपर (चिल्लो सेतो) मा प्रकाशन गर्न धेरै पहिलादेखि आग्रह गर्दै आउनुभएको छ । यस्तो आग्रह मधुपर्कले गोरखापत्र व्यवस्थापनसमक्ष पटक पटक पु¥याउँदै आएको हो । हरेक व्यवस्थापन यस सवालमा सकारात्मक हुँदाहुँदै पनि प्राविधिक कारण अहिलेसम्म सम्भव भएको छैन तर यहाँ यस्तो पनि प्रश्न राख्न सकिन्छ, सर्जकले आफ्ना कृति विमोचन गर्दा ३०–५० श्रोता बोलाएर होटेलको चिया, नास्ता, खाना र अन्य तडकभडकमा खर्च गर्ने प्रवृत्ति परिमार्जन गरेर कम्तीमा पनि १० औँ हजार पाठक रहेको मधुपर्कमार्फत ‘कृति–विमोचन’ गर्ने प्रचलन गरौँ भन्ने मेरो आग्रह र अभियान छ । जस अनुसार होटेलको खर्च र ‘फास्टफुड समीक्षा’ बाट मुक्त हुन सकिन्छ । माया दोहोरो हुन्छ भन्ने मधुपर्कको अपेक्षालाई अन्यथा भन्न नमिल्ला । 

आभार र माफी 

दोह¥याउन चाहन्छु, म मधुपर्कका सर्जक तथा आमपाठकबाट सबैभन्दा धेरै माया पाउने भाग्यमानी सम्पादक हुँला । मुलुकका सबै जसो मूर्धन्य सर्जकले मधुपर्कमा आफ्ना रचना पठाएर मलाई हौसला दिनुभएको छ, कतिपय अनुभव, जानकारी तथा शिक्षा दिनुभएको छ । यसनिम्ति उहाँहरूप्रति आभार । कतिपय सर्जकका रचनालाई स्थान दिन सकिएन होला, उहाँहरूसँग माफी चाहन्छु । सबै सर्जक तथा पाठक मेरा प्रेरणाका अजस्र स्रोत हुनुहुन्छ । गोरखापत्र संस्थान, मधुपर्क परिवार, मलाई मधुपर्कको जिम्मेवारीमा विश्वास गर्ने तत्कालीन व्यवस्थापनप्रति आभार व्यक्त गर्छु । बन्दीपुर तथा शैलुङमा मधुपर्क साहित्य सम्मेलन गर्ने हौसला दिनुहुने स्थानीय व्यवसायी, बुद्धिजीवी सबैप्रति कृतज्ञता । 

फेरि मधुपर्क, फेरि पनि गोरखापत्र

मधुपर्क र गोरखापत्र मेरा जागिरका साक्षी मात्र होइनन् । मलाई हात समाएर हिँड्न सिकाउने गुरु हुन् । पाठशाला हुन् । गोरखापत्र र मधुपर्कका अग्रजले इतिहासको नासो हाम्रो पुस्तालाई हस्तान्तरण गर्नुभएको छ र हस्तान्तरणको निरन्तरता पनि हाम्रो दायित्व हो । समयले जहाँ पु¥याए पनि मनभित्रको मधुपर्क, मस्तिष्कमा रहेको मधुपर्क कहिल्यै मेटिने छैन । प्रिय राष्ट्रपति, जेफर्सन धन्यवाद, मैले केही शब्द र भाव लिन पाएँ तपाईंबाट– फेरि जन्म हुने भयो र सोधियो भने ‘मधुपर्क’ मेरो पहिलो रोजाइ हुने छ । दोस्रो जन्म हुन्छ भने गोरखापत्रमै होस् । ‘मधुपर्क’ गोरखापत्र संस्थानको औपचारिक स्वामित्व हुन सक्छ तर यो सबै नेपाली र नेपालका साहित्यकारको हार्दिक दायित्व हो, जसको भविष्य उज्ज्वल राख्ने दायित्व हामी सबैको हो । यसर्थ फेरि पनि मधुपर्क हाम्रो स्वामित्व, फेरि पनि मधुपर्क हाम्रो दायित्व । यस अङ्कबाट मधुपर्कसँग प्राविधिक बिदा हुने छु तर जहाँसम्म ‘अक्षर’ को दुनियाँमा रहने छु, मधुपर्कसँगको सम्बन्ध ‘क्षर’ हुने छैन । मनमा मधुपर्क, मस्तिष्कमा मधुपर्क ।