काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ ।
कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ
समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
इरान र इजरायलबिच भएको तनावकापछि टर्कीले आफ्नो सीमामा सुरक्षा बढाएको रक्षामन्त्री यासर गुलरले बताउनुभएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले जिल्लाका विभिन्न व्यापारिक क्षेत्रहरुमा पुगेर नापतौल शिविर सञ्चालन गरेको छ ।
गर्मी बढेसँगै प्रदेश अस्पताल, दमौलीमा पखाला, भाइरल ज्वरो, टाइफाइटका बिरामी बढेका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको प्रदेश अस्पताल दमौलीमा मेडिकल सुपरिटेन्डन डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।
कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक पुरुष मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो ।
शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा रहेर कार्य गर्दै आएको रोटरी क्लब अफ पोखरा न्युरोडले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै स्वदेशमै उत्पादित विद्युत् प्रयोग गरेर स्थानीय भान्सालाई सहजता प्रदान गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित बाहुनी गाउँमा यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी प्याज उत्पादन भएको छ । यहाँका ४० जना कृषकले झण्डै १० हेक्टर क्षेत्रफलमा व्यवसायिक प्याज खेती गर्दै आएका छन् ।
विश्व बैङ्कको अनुदान सहयोगमा तनहुँको व्यास नगरपालिकामा भइरहेको पराशरमार्ग स्तरोन्नतिको काममा ढिलाइ भइरहेको छ ।
मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ ।
रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको गोही प्रजनन केन्द्रमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी ११५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । गोही प्रजनन केन्द्रमा रहेका चार वटा पोथी घडियाल गोहीले बच्चा कोरलेका हुन् ।