• २८ माघ २०८२, बुधबार

गोरखापत्रकर्मी ऐडीसहित पत्रकार सम्मानित

blog

गोरखापत्रकर्मी हरिकृष्ण ऐडी सम्मानित हुनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २८ गते । पत्रकारिताको माध्यमबाट समाजमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै गोरखापत्रकर्मी हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सम्मानित गर्नुभएको हो । 

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंको नक्सालस्थित सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा र उपराष्ट्रपति  यादवले पत्रकारलाई सम्मानित गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री शुसीला कार्कीले नगद २५ हजारसहित कदरपत्र प्रदान गर्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको आयोजनामा आयोगको ३५ औं स्थापना दिवसको अवसरमा समाचार, लेख रचनाको माध्यमबाट सूचना सम्प्रेषण गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गरेबापत सो कदरपत्र पत्रकारलाई प्रदान गरिएको छ । 

गोरखापत्रका लागि मुगुबाट समाचारदाता रहनुभएका पत्रकार ऐडीले विकास निर्माणसम्बन्धि, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा कलम चलाउँदै आउनुभएको छ ।

सो अवसरमा उकालो अनलाइनकी पत्रकार दिपा दाहाल, नेपाल समाचारपत्रका पत्रकार सुनिल महर्जन, लेखक तथा विश्लेषक डा. दिपेश घिमिरे, अनलाइन डटकमका पत्रकार शिलकनाथ ढकाल सम्मानित हुनुभयो ।