कुनै बेला १२ घरको बस्ती थियो, बारागाउँमा । अहिले यो गाउँमा ११५ घर पुगेका छन् भने बारागाउँको चर्चा पनि हुन थालेको छ ।
सोमबार राति आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२ लार्चाको (अस्थायी पुल) ह्युमपाइप बगाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो ।
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
सामुदायिक विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै, कमाउँदै कार्यक्रम मनाङमा प्रभावकारी बन्दै गएको छ । चामे गाउँपालिकाको वडा नं. ४ मा रहेको लोकप्रिय माविले आफ्नै विद्यालय परिसरमा तरकारी खेती गर्दै विद्यार्थीलाई काममा लगाएको छ ।
लागुऔषध दुव्र्यसन, महिला असुरक्षा, सीमावर्ती क्षेत्रमा मादक पदार्थको अनधिकृत बिव्रmीवितरण र सेवनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढाएको आरोप स्थानीयले लगाएका छन् । स्थानीयले मदिरा पसल
गुलरिया नगरपालिकाले १२ वटा वडामा स्वास्थ्य सेवा दिनका लागि सञ्चालन भएका आधारभूत स्वास्थ्य केन्द्रमा सहज यातायातका लागि सडक निर्माण सम्पन्न गरेको छ ।
पाल्पाको निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा र नवलपुर जिल्लाको सिमाना भोटाहामा प्रहरी पोष्ट स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा जेनजी पुस्तालाई समेत प्राथमिकताका साथ समेटेको छ ।
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका नागरिकको अवस्था अझै थाहा नहुँदा उनीहरूका परिवार अन्योलमा परेका छन् । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ का अमरबहादुर कटुवाल २०५८ साल चैतमा बेपत्ता हुनुभयो । छोरी भगवती कटुवाल भन्नुहुन्छ, “बुवा बेपत्ता हुनुभएको २४ वर्ष बित्यो तर खोजीमा स्थानीय र परिवारबाहेक कसैले सथा दिएका छैनन् । उहाँलाई सुराकीको आरोप लगाएर जबरजस्ती लगिएको थियो ।”
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–११ स्थित दुई विद्यालयका विद्यार्थीले छाप्रोमा पठनपाठन गर्दै आएका छन् ।
चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् ।
बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका महिलाहरु पछिल्लो समय महिनावारी हुँदा घरकै कोठामा बस्न थालेका छन् । योभन्दा पहिला यहाँका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरिएका छाउगोठमा बास बस्दै आएका थिए ।