विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो ।
लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो ।
किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।
काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
प्रहरीले यौन व्यापारमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिबासस्थित स्नेहा होटलमा छापा मारी यौन व्यापार गरेको आरोपमा होटल सञ्चालकसहित पाँच जनालाई मङ्गलबार पक्राउ गरिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा जनसङ्ख्या वृद्धिदर तीव्र भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि १० वटै जिल्लाबाट आएकाहरूको बसोबास वीरेन्द्रनगरमा हुँदै आएको छ । बढ्दो जनसङ्ख्यालाई धान्ने खानेपानीको पर्याप्त स्रोत नहुँदा माग अनुसारको आपूर्ति हुन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
भूकम्पले क्षतिग्रस्त पीडितका निजी आवास निर्र्माणको काम अघि बढाउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन तथा प्राधिकरणले स्थानीय तहलाई सुझाव दिएको छ । विपत् प्रभावितका लागि निजी आवास विस्तृत क्षति आकलन र पुनस्र्थापनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सरोकारवाला निकाय, स्थानीय तहका प्रमुख, विपत् शाखाका प्रमुखसँगको छलफलमा यस्तो बताउनुभएको हो ।
बन्दिपोखरा पाल्पाका किसानलाई मौरी र लोकल कुखुराका चल्ला वितरण गरिएको छ। किसानलाई आत्मनिर्भर गराउने उद्देश्यसहित गोलासहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ ।
जग्गा विवादका कारण निर्माण अलपत्र परेको जुम्लापातारासी गाउँपालिका–३ स्थित लौठचौरमा निर्माणाधीन हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन पहल समिति गठन गरिएको छ । जग्गा विवाद तथा सरोकारवालाले चासो नदिँदा आठ वर्षदेखि अलपत्र ट्रेनिङ सेन्टर निर्माण अघि बढाउन पहल समिति गठन गरिएको हो ।