प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
फडिन्द्र अधिकारी लेखनाथ, कात्तिक २८ गते। गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालयको ऐन संशोधन गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकबाट गण्डकी विश्वविद्यालयको पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित भएको हो । गएको कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफल भएको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी प्रदेशसभाले स्थापना गण्डकी विश्वविद्यालय ऐन २०७६ लाई निर्माण गरी गण्डकी विश्वविद्यालय सञ्चालन गरिरहेको छ । विश्वविद्यालयलाई समानुकूल सञ्चालन गर्न यो विधेयक ल्याइएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जानकारी दिनुभयो । यो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक संस्था बनाउन यो संशोधनले सघाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुनेछ ।”त्यसअघि, विधेयकमाथिको छलफलका प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा संशोधनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्नुभयो ।सांसद सुशीला सिंखडाले शिक्षालाई राजनीतिकरणबाट टाढा आग्रह गर्नुभयो । सांसद महेश भट्टराईले विश्वविद्यालयका पदाधिकारीको योग्यतामा स्पष्टता ल्याइएको विधेयकले यसलाई सबल बनाउन सघाउने विचार राख्नुभयो । विश्वविद्यालयको न्यायिक परिषद् अब १५ सदस्यीय हुने । जसमा कम्तीमा पाँच महिला सदस्य अनिवार्य गरिएको छ ।कुलपति पदको योग्यतामा संशोधन गर्दै विद्यावारिधि उपाधि प्राप्त वा शैक्षिक÷ प्राज्ञिक÷ प्रशासनिक वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव र न्यूनतम ४५ वर्ष उमेर राखिएको छ । उपकुलपति पदका लागि विद्यावारिधि, आठ वर्ष अनुभव र ४० वर्ष उमेर पुगेको हुनुपर्नेछ । शुक्रबारै गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनोल्ड ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरिएको स्वीकार गर्दै उहाँसँग औपचारिक माफी मागेको छ ।
सभामुख देवराज घिमिरेले जेनजीको आन्दोलनको क्रममा झापामा भएको क्षतिग्रस्त भवन तथा सरकारी कार्यालयहरुको बिहीबार र शुक्रबार स्थलगत अवलोकन गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि सम्बन्ध मन्त्रालय र त्यस अन्तर्गतका दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोका पदाधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्नु भएको छ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन ।
दक्षिण कोरियामा अक्टोबरमा निर्यातमा गिरावट आएको छ । केन्द्रीय बैङ्कका तथ्याङ्कअनुसार, स्थानीयरूपमा बनाइएका रासायनिक उत्पादन र उपकरणको कमजोर माग यस घटावटको मुख्य कारण हो ।
काठमाडौँ, कात्तिक २८ गते ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याउनुभएको छ । मन्त्री डा.गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री डा .गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याउनुभएको हो । उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर र मातृ मृत्युदर उच्च भएका प्रदेश तथा स्थानीय तहमा मृत्युदर रोकथाम तथा न्यूनीकरणका लागि तीन तहका सरकारको समन्वय तथा सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेको छ । जेनजी घाइतेलाई सबै सङ्घीय अस्पतालबाट मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ । मन्त्री डा.गौतमले दुई महिनाभित्रमा सङ्घीय अस्पताल एवम् स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई नागरिक मैत्री बनाउँदै दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने योजना ल्याउनुभएको मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो । यस्तै योजना अनुसार निर्माण भई हस्तान्तरण भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत गर्ने उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तत्काल दु्रत माध्यमबाट स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, एक महिनाभित्र अस्पतालमा रहेका औजार उपकरणको नियमित मर्मतसम्भार गरी अविच्छिन्न सेवा प्रवाहको व्यवस्था मिलाउने योजनामा उल्लेख छ । यस्तै वैदेशिक श्रमका लागि गन्तव्य मुलुकमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि प्रस्थानविन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने योजनामा उल्लेख गरिएको छ । रासस
दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् ।