राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले मधेश प्रदेश सभाको पाँचौ अधिबेशनको आइतबार बसेको प्रदेशसभाको १० औं बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपियाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।
सञ्चारसम्बन्धी सरोकारवालाहरूले आम सञ्चार प्राधिकरण गठन अनिवार्य भएको बताएका छन्। उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलका क्रममा उक्त सुझाव दिएका हुन्।
इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ।
पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग पहिचान गरिने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा असार ३ गते पाँचथर जिल्ला अस्पतालमा एकदिने निःशुल्क क्षयरोग परीक्षण शिविर सञ्चालन हुन लागेको हो।
आदिवासी जनजाति चलचित्र महोत्सव २०८२ आउँदो असार ६ देखि ८ गतेसम्म आयोजना हुने भएको छ।
थारु समुदायका भलमन्सा (बरघर), गुरुवासहित धार्मिक अगुवाहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ । आज कैलालीको चौमालामा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई कानुनी ज्ञान बाँडिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहनु भएको हो ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सामेबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै गण्डकी सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट पेश गर्नुभएको छ।