राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबुले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनबाट जारी भएको घोषणापत्र नेपालका लागि बङगलादेशका राजदुत मोहम्मद सफिकुर रहमानलाई हस्तान्तरण गरेको छ ।
मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
अब त, केही छैन आफ्नो । बाँकी छ त बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका । फेरि पाउने भनेको आश्वासन मात्र त हो ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरूको साइन बोर्ड, लेटरप्याडमा तामाङ र नेपाल भाषा प्रयोग गर्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ।
सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ ।
भारतीय राजदुतावासबाट २ थान “ख” वर्गको एम्बुलेन्स गोरखा नगरपालिका–६ र गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । गोरखा अस्पताल र गोरखा नगरपालिका –६ को वडा कार्यालयलाई पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको गोरखा नगरपालिका –६ का वडा अध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ।
ठेकेदारको बदमासीका कारण सर्लाहीको फूलजोर खोलाको पुल एक महिनादेखि बन्द छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ । राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो ।
गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ बजेट प्रस्तुत भएको छ । प्रदेशसभामा आइतबार गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो ।
बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ ।