उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२ मा अमेरिकाबाट आएका स्वयंसेवक युवाले खानेपानीको धारा रङ्ग्याएर चिटिक्क पारेका छन् । उनीहरूले लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रङरोगन गर्नेदेखि स्वास्थ्य जाँच र सरसफाइ गरेका हुन् ।
होत्तरीको बर्दिबास नगरपालिका १२ र १३ बिजलपुराको कुल जनसङ्ख्या ८ हजार ७८३ छ । जनस्वास्थ्यको जिम्मेवारी बोकेको बिजलपुरा स्वास्थ्य चौकीसँग एम्बुलेन्स छैन ।
प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधका बिच बैठक सुरु भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित जोखिमको पूर्वआङ्कलन गरी तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
बसाइसराई र घट्दो जन्मदरका कारण गाउँ रित्तिएका छन् । बढ्दो जनसङ्ख्या हुने बेला खुलेका सामुदायीक विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या अधिक छ ।
११ औँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नवलपरासी पूर्व (नवलपुर) आउनुहुने भएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसकिने बताउनुभएको छ ।
प्रकृतिको पूजा गरेर मगर समुदायले आजबाट भूम्या पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गर्ने चलन रहेको छ ।
लोकसेवा आयोग स्थापनाको ७५ वर्ष प्रवेशका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ ।
लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ ।
उक्त गाउँमा एक घर एक धारा जडान गरेपछि स्वच्छ खानेपानीको हाहाकार अन्त्य भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो ।
बर्दियाको गुलरिया नगरपालिका ५ बालापुरमा मानव बस्तीमा पसेर आतङ्क मच्चाउने अर्को चितुवा नियन्त्रणमा आएको छ।
गण्डकी प्रदेशसभामा आज दिउँसो ४ बजे आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुुहुन्छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट ३२ अर्ब ७७ करोड आसपासको आउने जनाएको छ । गण्डकी प्रदेशले आइतबार ल्याउने यो नवौँ बजेट हो ।
मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।