• २७ माघ २०८२, मङ्गलबार

पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण

blog

काठमाडौँ, माघ २७ गते । मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ । 

माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाब प्रान्तको खारियाँ स्थित एनसीटिसीमा पाकिस्तान सहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीको सहभागितामा सञ्चालन भएको उक्त सैन्य अभ्यासमा सहभागीबिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।