ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैधरुपमा स्थापना गरिएको बताइएको छ ।
पाँचथर जिल्लाका १ हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एचपिभी)खोप लगाउन सुरु गरिएको छ । २९ गतेसम्म अभियन सञ्चालन गर्ने बताइएको छ ।
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ ।
बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारी तथा राजनीतिक उम्मेदवारले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमले तिव्रता पाएको जनाइएका छन् ।
नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले मङ्गलबार सार्वजनिक गरेको 'भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२५' अनुसार नेपालको सूचकाङ्क यथावत् रहेको छ । नेपालको स्थिति गत वर्षजस्तै यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।
पूर्वी प्रशान्त महासागरमा लागु-औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाईते भएको अमेरिकी सेनाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।
जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था व्यवस्थित गरिएने सुरक्षा समिति लमजुङले जनाएको छ ।
पश्चिम मकवानपुरको दुर्गम क्षेत्रका ग्रामीण सडकमा भएको बोलेरो भ्यान दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको
दार्चुलामा जनपद प्रहरीका एक हवलदार मृत फेला परेका छन् ।