हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रले भोग्नुपर्ने देखिएको छ । अस्थिरताले मुलुकको अर्थतन्त्रको वृद्धिदरमै सुस्तता ल्याउने प्रक्षेपण गरिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठकै कारण औद्योगिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको बताउनुभएको छ ।
पत्रकारले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तक्रिया कार्यक्रममा वक्ताले पत्रकारका तर्फबाट आचारसंहिता कायम गर्न नसकिएको औँल्याएका छन् ।
अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यव्रmममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो ।
धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखोबारीमा धान खेती गर्नुभयो । धान खेती कहिल्यै नहुने, मकै, कोदो मात्रै हुने बारीमा पानी अभावमै पनि सधैँ सिँचाइ हुने खेतमा जस्तै धान फलेपछि उहाँ अहिले निकै खुसी हुनुहुन्छ । “अब अलि अलि पानी भए पनि धान खेती गर्न सकिने रहेछ, खासै समस्या नहुँदो रहेछ । सिँचाइ गरेर रोपेको खेतमा र पाखो बारीमा धान बराबरी नै फल्ने रहेछ,” रोइला भन्नुहुन्छ ।
थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र बहौरिया (बेहुली) को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ए–३२० जहाजका इजरायलमा रहेका इन्जिन छिटो ल्याई सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको मिति तोक्न ढिलाइ भइरहेको भन्दै पार्टीका महिला नेत्रीहरूले आज काठमाडौँमा सामूहिक भेला गरेका छन्।
निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीचको अन्तरआवद्धता गर्ने सेवा सुरु गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्थाबारे सम्भाव्यताको विषयमा आज सिंहदरबारमा विस्तृत छलफल गर्नुभएको छ।
नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ।
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।