• २७ माघ २०८२, मङ्गलबार

तामाकोशीमा बस दुर्घटना : छ जनाको मृत्यु

blog

तामाकोशीमा बस खसेपछि यात्रुको उद्धार गरिँदै । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, माघ २७ गते । काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको छ । 

दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मङ्गलबार करिब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो । 

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र ४ जना महिला रहेका छन्  भने उद्धार गरिएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको छ । यात्रुवाहक बसमा कम्ती जना सवार थिए भने खुल्न सकेको छैन । उद्दारकार्य जारी छ ।

उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्था बेश खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ।




यो पनि पढ्नुहोस

रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु