• २७ माघ २०८२, मङ्गलबार

रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

blog

रामेछाप, माघ २७ गते ।  रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो  

रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस