• २७ माघ २०८२, मङ्गलबार

भिरबाट लडेर युवकको मृत्यु

blog

शेरबहादुर सार्की

बाजुरा, माघ २७ गते । बाजुरामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–५, कालसैन बस्ने कालुबहादुर विष्टको ४० वर्षीय छोरा अम्मरसिंह विष्टको मृत्यु भएको हो । 

मृतक विष्ट आज बिहान ९ बजेर ३० मिनेटमा बुढीनन्दा नगरपालिका–५, कोल्ले खोलाको सिँचाइ कुलो खन्ने बेलामा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृतक विष्टको पोस्टमार्टमका लागि कोल्टी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो । बाजुरामा केही दिन पहिला गौमुल गाउँपालिका र त्रिवेणी नगरपालिकाका दुई जना युवकको भिरबाट लडेर ज्यान गएको थियो । माघ महिनामा बाजुराका तीन जनाको भिरबाट लडेर ज्यान गइसकेको छ ।