• २७ माघ २०८२, मङ्गलबार

बोलेरो दुर्घटनामा दुई जना घाइते

blog

राक्सिराङ गाउँपालिका–५ मा दुर्घटना भएको बोलेरो भ्यान । तस्बिरः शिवकुमार काशी

शिवकुमार रिजाल 

मनहरी (मकवानपुर), माघ २७ गते । पश्चिम मकवानपुरको दुर्गम क्षेत्रका ग्रामीण सडकमा भएको बोलेरो भ्यान दुर्घटनामा दुई जना घाइते भएका छन् । 

मङ्गलबार बिहान राक्सिराङ गाउँपालिका-५, बमकिमबाट मनहरी पूर्वपश्चिम राजमार्गको मनहरी बजार आउँदै गरेको ना. ४ च. ४२७३ नं. को भ्यान बाटोबाट १५० मिटर तल भिरमा खसेको छ । 

घटनामा परी बोलेरो चालक सञ्जोग प्रजा (चेपाङ) र सहचालक सोमबहादुर प्रजा (चेपाङ) घाइते भएका छन् । घाइतेहरूको मनहरी अस्पतालमा उपचार गरी चितवन रिफर गरिएका इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । के कति कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।