शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खलङ्गा (दार्चुला), माघ २७ गते । दार्चुलामा जनपद प्रहरीका एक हवलदार मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गत महाकाली नगरपालिका–४, बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवलदार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
मृत भेटिएका प्रहरी हवलदार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिनुभयो । रासस