निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालय केन्द्रित एचपिभी खोप व्यवस्थित रूपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
औषधी व्यवस्था विभागले आर्या फार्माल्याब प्रालि उत्पादन गरेको सुप्रोमोक्स सिभी बिड नामक औषधी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ ।
बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बल माथि हातपात गरी ढुङ्गा मुढा गर्ने चार जनालाई पक्राउ गरेको छ।
बागलुङको जैमिनी नगरपालिका–४, सर्कुवामा पीकअप जिप दुर्घटना हुँदा सहचालक घाइते भएका छन् । बेलबगरदेखि सर्कुवा जाँदैगरेको लु ०१००१ च ३०५९ नम्बरको पिकअप जिप दुर्घटना हुँदा सहचालक जैमिनी नगरपालिका –४ का २० बर्षीय सुनिल नेपाली घाइते भएको प्रहरी चौकी कुश्मीसेराका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो।
श्रीलङ्काका मेकानिक सारथ आनन्दले कुवेतमा गरेको जागिर छोडेर परम्परागत किथुल पामबाट मिठाई बनाउने पेसा अँगाल्दा यसले विश्वव्यापी प्रशंसा पाउने छ भन्ने कल्पना समेत गर्नु भएको थिएन ।
पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा गण्डकी प्रदेशभर यो पटक २१ हजार किशोरीले खोप लगाउने तयारी गरिएको छ ।
संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१, खिङ्गा गाउँबाट मङ्गलबार बिहान देखिएको झारकोट गाउँ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको पर्वतीय शृङ्खला ।
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा परिचालन गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुशरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् ।
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।