देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।
सप्तरीको राजविराज नगरपालिका १ डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि निशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ ।
गुल्मी, अर्घाखाँची र प्युठानको सङ्गममा सालझण्डी–ढोरपाटन र मदन भण्डारी राजमार्गसँगै जोडिएको कंके देउराली मदाने गाउँपालिकाको अत्यन्तै मनमोहक पर्यटकीय स्थल हो ।
भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन ।
मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानिन लमजुङमा रस्साकस्सी पर्ने भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ ।
नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो ।
गोधुली साँझमा गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । भेडाबाख्रा र गाईगोरुका बथान साँझपख गोठतर्फ फर्किदै थिए । किसानहरु भेडाबाख्रालाई गोठमा हुल्न व्यस्त देखिन्थे ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री मावि लापुका १५७ जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ ।
भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।
वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ३ खोर्लाबेशी मा स्थापना भएको धार्चे आधारभुत अस्पताल उत्तरी गोरखावासीको स्वास्थ्यको नयाँ आशा र बरदान साबित भएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरी कर्तव्य गरेको मुद्दामा १५ वर्ष कैद भुक्तान गर्न बाँकी त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षका रामकृष्ण न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।