जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।
कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।
धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।
जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
धनगडीमाई नगरपालिका वडा नम्बर १४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूह अर्गानिक तरकारी खेतीमा जुटेका छन् । दलित जनकल्याण युवा क्लव लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेती गर्न जुटेका हुन् ।
भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।
नेपालीमा प्रजातन्त्र, जनतन्त्र, लोकशाही आदि विभिन्न नामले सम्बोधन गरिने लोकतन्त्रको अङ्ग्रेजीमा मात्र एउटा शब्द डेमोक्रेसी छ । डेमोक्रेसी लेटिनी शब्द डेमोक्रेसियाबाट उत्पत्ति भएको इन्साइक्लोपेडिया ब्रिटानिकामा उल्लेख छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ताराखोला गाउँपालिका वडा नं. २ मा सहिद स्मृति पार्क निर्माण भएको छ । उक्त पार्कका लागि पर्यटन कार्यालय बागलुङले १५ लाख लगानी गर्यो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरू भएको हैजा अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
नेपाली साहित्यका शिखर पुरुष हुन् लक्ष्मीप्रसाद देवकोटा । उनी आशुकवि थिए । जतिखेर पनि कवितामा कुराकानी गर्न सक्ने सामथ्र्य थियो । कवितामा युगको दर्शन गराउन सक्ने देवकोटालाई पहिले युगकवि पनि भनिएको थियो । २०१० सालको हाराहारीमा देवकोटालाई सम्बोधन गरेर लेखिने युगकवि सिद्धिचरण श्रेष्ठमा सारिएको थियो । यद्यपि २००४ सालमा बनारसबाट प्रकाशित हुने उदय पत्रिकामा ईश्वर बराल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता नामावली दर्ता तीव्र गतिमा भइरहेको छ ।