सर्वोच्च अदालतद्वारा साउनमा प्रकाशित वार्षिक प्रतिवेदन अनुसार गत आवको प्रारम्भसम्म जिल्ला अदालतमा दायर विवाह, सम्बन्धविच्छेद, मातृत्व वा पितृत्व कायम, धर्मपुत्र, धर्मपुत्री, माथवर, अंशबन्डा, अपुताली जस्ता पारिवारिक विवादका ७९ हजार ८९७ थान मुद्दामध्ये सम्बन्धविच्छेदका मात्र ३९ हजार ५४ थिए । उक्त आवमा जिल्ला अदालतको मुद्दाको लगत दुई लाख ५८ हजार ५२४ थियो ।
सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो ।
कवि अनाम आचार्य पद्य र गद्य मिश्रित कविता तथा केही गीत समेटिएको कवितासङ्ग्रह ‘नयाँ आकृतिको खोजीमा’ प्रकाशित भएको छ । उक्त कवितासङ्ग्रहमा विभिन्न समयमा रचिएका पाँच दर्जन कविता तथा गीत समावेश छन् ।
गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सवारीहरुको व्यवस्थापनमा कसैले चासो देखाएका छैनन् ।
गीतकार डम्बर बिकेलको शब्द रचनामा नयाँ गीत ‘पानी पर्यो–३’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमेशकुमार थापाको सङ्गीतमा तयार भएको गीतमा मेलिना राई तथा राज सरगमको स्वर रहेको छ । गीतमा डिजे एनको सङ्गीत संयोजन रहेको छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।
चलचित्र ‘मनबिनाको धन’ को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टङ्क बुढाथोकीको सङ्गीत तथा एरेन्ज छ । गीतको शब्द शङ्कर आचार्यले लेख्नुभएको हो ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् ।
कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षा र हावाहुरीका कारण खेतमा ढलेको धान समयमा काट्न गर्न नसक्दा किसान चिन्तित छन् । खेतमा ढलेको धान समयमा उठाउन नपाउँदा किसान चिन्तित बनेका हुन् ।
नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल वायुसेवा निगमले कर्मचारी कटौती अभियान सुरु गरेको छ । निगमलाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न, आर्थिक दायित्व कम गर्न र निगमभित्र सुधारात्मक कामको थालनीस्वरूप पछिल्लो बदलिँदो परिस्थितिसमेत सम्बोधन गर्दै निगम व्यवस्थापनले पहिलो चरणमा छ जना कर्मचारीको करार सेवा रद्द गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो ।