राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् ।
कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते हुनुभएको छ। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलबारीमा सिँढीबाट चिप्लिएर हात फ्याक्चर भई घाइते हुनुभएको हो।
नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।
झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।
झापा क्षेत्र नं २ बाट नेकपा (एमाले) कोे तर्फबाट उम्मेदवार रहनुभएका निबर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरुसँग सुझाव संकलन थाल्नुभएको छ ।
दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताउनुभएको छ ।
इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फूटनका लागि मल्लकालदेखि नै उर्बर भूमिका रुपमा स्थापित छ । मल्ल राजाहरु प्रताप मल्ल, जगज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, जगतप्रताप मल्ल आदिको समयमा मैथिली र नेपालभाषाको रङ्गमञ्चको विकास उत्कर्षमा थियो ।
गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ ।
चितवनको माडीमा नेपालमै पहिलो पटक सालक सम्मेलन सुरू भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सोमबार बिहानदेखि सालक सम्मेलन सुरू भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न घर–घरमा पुगिरहेका छन् । मतदाताहरूलाई भने दैनिक रुपमा आवत–जावत गर्ने पुलको चिन्ताले सताइरहेको छ ।
बर्दियाका द्वन्द्वपीडित परिवारले विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँग द्वन्द्वपीडितको न्याय र परिपूरणका विषयमा आफूहरूको एजेन्डा के रहेको छ भन्ने प्रश्न गरेका छन् ।
सल्यानमा मरेका भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि भएको छ ।