• २६ माघ २०८२, सोमबार

आयुष मगरको ‘कान्छी’ सार्वजनिक

blog

काठमाडौँ, माघ २६ गते । गायक आयुष मगरको नयाँ  गीत ‘कान्छी’ सार्वजनिक भएको  छ । प्रेमिल शैलीको यो गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ ।

यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन् । ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ । गीतको शब्द टेकेश भण्डारीले लेख्नुभएको हो भने सङ्गीत संयोजन उदय राज पौडेलले गर्नुभएको छ ।  गीतमा आयुष मगरकै स्वर र सङ्गीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिनुभएको  छ । साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ ।

भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हाल्नुभएको छ । छायाँकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गर्नुभको छ भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गर्नुभएको छ ।

गायक मगरको युट्युव च्यानल “आयुष मगर’’ मार्फत सार्वजनिक गरिएको यस गीतले आयुष मगरको साङ्गीतिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ ।