शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, फागुन २१ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगरमा मतदान गर्नुभएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहनुभएका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर–९ स्थित कविशिरोमणी माध्यमिक विद्यालयको मतदान केन्द्रमा बिहीबार बिहान मतदान गर्नुभएको हो ।
उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।