नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रीफ्युज) सञ्चालनमा आएको छ । उक्त उपकरण विगत तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो ।
तनहुँ जिल्ला देवघाट गाउँपालिका–५ निवासी ६४ वर्षीय लक्ष्मीकुमारी आलेलाई नजिकँदै गरेको आगामी फागुन २१ गते हुने आमनिर्वाचनले छोएको छैन । झन्डै साढे छ दशकअघि देश र प्रजातन्त्रका
प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ ज
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका उम्मेदवार आफ्नो पक्षमा माहोल ल्याउन मतदातासँग साक्षात्कार गर्न व्यस्त भएका छन् । मकवानपुरका उम्मेदवार आआफ्नो निर्वाचन क्षेत्र पुगेर मतदाताको गुनासो सुन्ने र प्रतिबद्धता जाहेर गर्ने कार्यमा व्यस्त छन् । उम्मेदवारले कस्ता एजेन्डा पस्किन्छन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा मतदाताले अनेक अड्कलबाजी गरिरहेका छन् ।
सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
गणतान्त्रिक शासन व्यवस्थाको प्रमुख विशेषता नै जनमतको कदर हो । मतदाताले गोप्य मतदानद्वारा चुनिने जनप्रतिनिधिबाट गरिने शासनलाई सर्वोत्तम लोकतान्त्रिक अभ्यास मानिएको छ । यसरी चुनिएका जनप्रतिनिधि व्यवस्थापिका र कार्यपालिकामा पुगेर राष्ट्र र जनताको सेवा गर्छन् । कस्ता जनप्रतिनिधिलाई व्यवस्थापिका र कार्यपालिकामा पु¥याउने भनी निर्णय गर्ने अन्तिम
लमजुङमा आज (सोमबार) देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लमजुङमा आजदेखि ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइने भएको हो ।
नेपालमा धेरै आमनिर्वाचन सम्पन्न भए । हरेक निर्वाचनअघि राजनीतिक दलहरूले आकर्षक घोषणापत्र सार्वजनिक गरे । ती घोषणापत्र कति कार्यान्वयन भए, कति प्रतिबद्धता पूरा भए भन्ने प्रश्नको उत्तर आज आमरूपमा नकारात्मक छ । घोषणापत्र चुनाव जित्ने साधन बने तर शासन गर्ने मार्गदर्शक बनेनन् । यही कारण जनतामा बिस्तारै निराशा, रोष र आक्रोश थुप्रिँदै गयो । त्यसको स्पष्ट अभिव्यक्ति भदौ २३ र २४ मा पोखियो ।
जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले लामो समयदेखिको जग्गा अभावको समस्या सुल्झाउँदै स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्ति गरेको छ ।