मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधी पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा पूर्वी पृतनापतिको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नु भएको छ । यस अघि सेनाको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहायक रथी केसीले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा आयोजित कार्यक्रममा बुझबुझारथ गरी औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नु भएको हो ।
सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१, माझीकुनामा बेगनासतालमा बेपत्ता एकको शव निकालिएको छ । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो ।
लोपोन्मुख विभिन्न जाती, समुदाय लगायत अल्पसङ्ख्यक, सिमान्तकृत, दलित, महिला, मधेशी र मुस्लिमको मानवअधिकारको संरक्षणमा विशेष जोड दिइएको छ ।
दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ ।
बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको पुरुषोदय माध्यमिक विद्यालयका प्राविधिक शिक्षाका लागि परिचित छ । कृषि पढाई हुने यस विद्यालयमा विभिन्न जातका तरकारी, माछा, कुखुरा, बङ्गुर, कागती लगायतका कृषि सामग्री उत्पादन गरिन्छ ।
अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताउनुभएको छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार बिहानसम्म लगातार आठ दिनभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ। हालसम्म यो यान पृथ्वीबाट ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ ।
नदिजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न तीन वटा ट्याक्टरलाई कारवाही र दण्ड जरिवाना गरिएको छ । रौतहटको गुजरा नगरपालिका–४ मा रहेको लालबकैया खोलामा अवैध रुपमा बालुवा उत्खनन् कार्यमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिइ नदिजन्य सामग्री जफत गरी १० हजार रुपियाँका दरले जरिवाना गराइएको छ ।
इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानी जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानी जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ ।
हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको धार्मिक महत्त्व समेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् ।