गुल्मी पश्चिमका गाउँहरुमा चिटिक्कका विद्यालयहरु धमाधम बनिरहेका छन् । अहिलेसम्म सात पालिकामा २० विद्यालय बने । जुन विद्यालयहरुको संरचना, रङ र शिक्षा एउटै छ ।
बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने छोरी पढाउ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।
यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो ।
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरुले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए ।
कर्णालीका जाजरकोट, सुर्खेत र दैलेख गरी तीन जिल्ला जोड्ने सडक अलपत्र परेको छ ।
यहाँस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ ।
जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक मर्मत हुन नसक्दा जोखिमपूर्ण तवरमा यातायातका साधन सञ्चालन भइरहेका छन् ।
विसं २०७९ को निर्वाचनमा अछाम क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का प्रदेश सरकारमा सामाजिक विकासमन्त्री हुनुहुन्छ । चौरपाटी गाउँपालिका–५,
यहाँको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिवन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
सङ्घीय संसदअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने ।
अक्सफोर्ड डिक्सनेरीले विश्वविद्यालयलाई छोटो तर स्पष्ट परिभाषा गरेको छ । उच्च तहको शैक्षिक संस्था जहाँ शैक्षिक प्रमाणपत्रसँगै विद्यार्थीले प्राज्ञिक अनुसन्धानको पर्याप्त अनुभव हासिल गर्न सक्ने छन् । यो परिभाषाले व्यापकता समेट्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
हरेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने संविधानमा उल्लेख छ । जसका कारण गरिब, गरिबीको रेखामुनि रहेका तथा विपन्न वर्गका बालबालिका