सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
उत्तर-दक्षिण जोड्ने कालीगण्डकी काेरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।
सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विसं. २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा. महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।
शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ ले घटेको छ ।
सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशलादेवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।
मुगुको रारामा पहिलो पटक १९ औँ ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । राराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित जेठ २६ र २७ गते दुर्गम जिल्लामा ऐतिहासिक सम्मेलन हुन लागेको हो ।
बन्दीपुर आफैँमा एक सुन्दर पहाडी बस्ती, बन्दीपुरको मुटु बन्दीपुर बजारको पूर्व कुनामा त्यस क्षेत्रकै प्रसिद्ध देवी विन्ध्यवासिनीको मन्दिर छ । त्यही मन्दिर रहेको भगवती चोकमै अर्को दुईतलेको ज्ञान र विज्ञानको देवीको
इस्मा गाउँपालिका–६ अमरपुरको बुल्मका ९० वर्षीय दल बहादुर कुमाल माटाका भाँडा बनाउने पुरानो कालिगड हुनुहुन्छ । त्यो उमेर र जोसमा डोकाभरी माटाका भाँडा बोकेर हप्ता दिन डुल्न सकिन्थ्यो । तत्कालीन समयमा दुई दिन हिँडेर भार्से पुगेपछि डोकाभरिका भाँडा बेच्दा रुप्पे पैसा पर्ने दल बहादुरले स्मरण गर्नुभयो । गाउँ भरी आरी, हाँडी, सुल्फा, घैँटा, पैनी, चिलिम लगायतका सामग्री बिक्थे ।
चितवनको भरतपुरमा पशुपक्षीका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेरिनरी अस्पता
सुनसरीको इनरुवा नगरपालिका ९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फूल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
मुस्ताङ, जेठ २५ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको चरन क्षेत्र, सुख्खा पहाड र उत्तरतर्फको पृष्ठ भूमिमा रहेका हिमशृङ्खला । पृथक् भू–दृश्य अवलोकन गर्न पाउनु ऐतिहासिक लोमान्थाङको आकर्षण हो । तस्बिरः रासस
बागलुङ, जेठ २५ गते । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै रहेको बागलुङको काठेखोला गाउँपालिका–५ स्थित काउले गाउँ । यस गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गर्छ । तस्बिरः रासस
। मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांश नेताले नीति तथा कार्यक्रममा उत्साहजनक नारा राखिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।