मुलुकको समग्र विकासको मुख्य सारथि राजनीतिक नेतृत्व हो तर राजनीतिक नेतृत्वले जनभावना अनुकूल राष्ट्र र जनताको हितमा इमानदारीपूर्वक कार्य गर्न नसक्दा नेतृत्वप्रति आशा, भरोसा र विश्वास कमजोर हुँदै जान्छ ।
नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको सन्दर्भमा गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान गरिएको छ ।
आगामी फागुन २१ गते आम निर्वाचन हुँदै छ । निर्वाचनको माहोलसँगै आर्थिक गतिविधि विस्तारका कार्य अघि बढिरहेको छ । निर्वाचन राजनीतिक प्रक्रिया मात्रै होइन । यसले देशको आर्थिक दिशा निर्धारण गर्छ । निर्वाचनमा देशको आर्थिक, सामाजिक तथा राजनीतिक भविष्य गाँसिएको हुन्छ । निर्वाचनकै आधारमा राजस्व नीति, मौद्रिक नीति र समग्र आर्थिक व्यवस्थापन कता जान्छ भनेर अनुमान गर्न सकिन्छ ।
बागलुङमा दुई हजार तीन सय दुई जना बालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा तेस्रो कर्णाली प्रदेशस्तरीय ललितकला प्रदर्शनीको करिब आठ हजारले रैथाने कलाकृतिको अवलोकन गरेका छन् । प्रतिष्ठानका प्राज्ञ एवं परम्परा कला विभाग प्रमुख पाल्साङ्मो लामाले करिब आठ हजारले कलाकृति अवलोकन गरेको बताउनुभयो । कलाकृति अवलोकन गर्नेमा धेरै जसो विद्यार्थी भएको उहाँको भनाइ छ ।
काठमाडौँ महानगरभित्रका सामुदायिक कुकुरको सहयोगका लागि ‘पेन्टिङ फर कज’ शीर्षकको एकदिने चित्रकला सिर्जना कार्यक्रमको आयोजना गरिएको छ ।
लोकगायक कल्याण शेरचनको सालिक अनावरण गरिएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान, पोखराले १५ औँ कल्याण शेरचन स्मृति दिवसका अवसरमा पोखरा–१८ स्थित सहिद स्मारक तथा राष्ट्रिय विभूति पार्कमा अनावरण गरेको हो । सालिकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनावरण गर्नुभएको हो ।
ऐतिहासिक फर्पिङ पानीपोखरीमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । नेपालको ऐतिहासिक पहिलो जलविद्युत्गृह फर्पिङको पानीपोखरीमा साहित्यिक संस्था शब्दपथ र सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित संयुक्त बृहत् कविता वाचन कार्यक्रममा चालिस कविले आआफ्ना रचना वाचन गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गुल्मीको राष्ट्रिय राजमार्ग रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक १९ दिन बन्द हुने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउनुभएको छ । नेकपा प्रचार विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेको निर्वाचन नियमित नभएर असाधारण भएको उल्लेख गर्दै यो सबै पक्ष मिलेर यसलाई निष्पक्ष बनाउनुपर्ने बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर वैधानिक बसाइ ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरे पनि घरेलु श्रमिकको विषयमा अन्योल भएको छ ।
नेपाल–भारत जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि छ वर्षपछि आवतजावत सुरु गरिएको छ । छ वर्षअघि कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउनजान बन्द गरिएको थियो । जमुनाहस्थित अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रूपमा सञ्चालन गरिएकाले पर्यटकलाई सहज भएको छ ।