अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिनुभएको छ । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो ।
विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अवलोकन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
बाँकेको डुडुवा गाउँपालिकास्थित आसमानपुरमा रहेको जयेन्दु बाल सुधारगृहमा रहेका अधिकांश बालबिज्याँकर्ता (बालक)हरुमा छालासम्बन्धी रोगको सङ्क्रमण पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
बालबालिकाको मन अत्यन्तै कोमल हुन्छ । उनीहरू जे देख्छन्, सुन्छन् र अनुभूत गर्छन्, त्यसले उनीहरूको भविष्य निर्माणमा गहिरो प्रभाव पार्छ । अभिभावक तथा परिवारका अन्य सदस्यले खेलकै क्रममा वा मजाकमा बोलेका केही शब्दले बालबालिकाको आत्मविश्वास कमजोर पार्न सक्छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम ठप्प भएको छ । बजेट अभावका कारण रेलमार्ग निर्माणको काम रोकिन पुगेको हो ।
थर मेरो घिमिरे नाम हो आहाना कविता भनेर खुसी हुने चाहना म कक्षा ५ की आज्ञाकारी छात्रा मन पराउँछु संस्कृति र जात्रा ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ ।
यहाँको भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालयले सडक मर्मत सम्भार कार्य अन्तर्गत सदरमुकाम गाईघाट बजारमा कालोपत्रे गर्न सुरु गरेको छ । कार्यालयले छ वर्षअघि निर्माण सम्पन्न भए
उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्रावास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ स्थित पाताभारदेखि टिकुलीगढ जोड्ने सडक निर्माण भएको एक महिना नबित्दै भासिएको छ । प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय बर्दियाको लगानीमा निर्माण भएको सडक बर्सात लाग्नुभन्दा अगावै भासिन सुरु भएको हो ।
स्थानीयतहका शिक्षक कर्मचारीहरुलाई शिक्षा प्रशासन, सूचना प्रणाली सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गुरुचौरमा आठ वटै पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागितामा तालिम सुरु भएको हो ।
रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले संविधानमा उल्लेख गरिएको साझा सूचीका विषयमा सङ्घ र प्रदेशबाट बन्नुपर्ने कानुन यथाशीघ्र निर्माण गर्न माग गरेका छन् ।