लमजुङका किसानहरू यतिबेला धान काट्न र थन्काउन व्यस्त छन् । तर धान थन्काउने बेला विगतको जस्तो रमाइलो भने छैन ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ ।
मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ ।
कञ्चनपुरमा यात्रुहरूबाट चार गुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् ।
जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।
बलिउड अभिनेता धर्मेन्द्र ब्रिच क्यान्डी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।
टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ । जर्जिया–अजरबैजान सीमानजिकै विमान दुर्घटना भएको अलजजियाले जनाएको छ ।
उत्तरी गोरखाका भेडीपालक किसान र गोठालाले मौसममा फेरबदल आएसँगै हरेक वर्ष चरनचक्र अनुसार भेडा, बाख्रा र चौँरी गोठ बेँसी सार्ने गरेका छन् । गोरखा जिल्लाको उच्च हिमाली चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका भेडापालक किसान हिउँदको सुरुवातसँगै चिसोबाट जोगिन भेडीगोठहरूलाई बेँसी झार्न थालेका छन् ।
पूर्वी नवलपरासीका आठ स्थानीय तहमा कार्यरत अस्थायी र करार गरी १७८ जना कर्मचारीलाई हटाइएको छ । आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरवलोकन तथा योजना मापदण्ड निर्माणका विषयमा अध्ययन गर्न बनेको कार्यदल र सरकारको निर्णयले अस्थायी र करार कर्मचारीलाई हटाइएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्रसुनारी मगरले बताउनुभयो ।
पञ्चकोटमा निर्माण गरिने एक सय ३५ फिट अग्लो कलश निर्माण अभियान सफल पार्न असार २२ गतेदेखि सुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको थियो ।
पाल्पा दरबारपरिसरको ऐतिहासिक मूलढोकाको पुनर्निर्माण डेढ वर्षदेखि अवरुद्ध बनेको छ । पुरातत्व विभागले अढाई वर्षअघि पुनर्निर्माण सुरु गरेको १७१ वर्ष पुरानो मूलढोका कहिले सम्पन्न हुने हो निश्चित हुन सकेको छैन ।
लुम्बिनी प्रदेशमा सात वर्षअघि सारिएको महानगरपालिका निर्माणको योजना अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा महानगरपालिका घोषणा गर्ने नीति ल्याए पनि त्यसपछिका सरकारले त्यसलाई प्राथमिकता दिन नसक्दा योजना अलपत्र परेको हो । रुपन्देहीमा बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकालाई गाभेर एक महानगर बनाउने प्रस्ताव थियो ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कोशी प्रदेशका विभिन्न जिल्लामा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्मजयन्ती विविध कार्यव्रmम गरेर मनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार