टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ ।
बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो ।
वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतिको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाले परिचय पत्र वितरण गर्ने भएको छ ।
अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबिचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ ।
वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु. तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेपछि किसान खुसी भएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका–१ अवस्थित सिद्ध लखन भ्यू टावर पर्यटकिय गन्त्वयको रुपमा परिचित हुँदै गएको छ ।
यति ठूलो आन्दोलन भएपछि त अब मुलुक पनि बन्छ होला, राजनीतिक नेतृत्वमा परिवर्तन आउला, देश भ्रष्टाचारमुक्त होला र सुशासन कायम होला भन्ने ठूलो अपेक्षा थियो उहाँमा । तर सोचेअनुसारको परिवर्तन नहुने हो कि भन्ने चिन्ताले तामाङलाई पिरोलिरहन्छ ।
चिसोको बेला धमाधम मौरी मर्न थालेपछि हिमाली गाउँपालिका-६ पाँडीका मौरीपालक चिन्तित बनेका छन् ।
दोस्राे फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने भएको छ ।
धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्राएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ ।
सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।