सल्यानमा मरेका भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि भएको छ ।
आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।
बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते आफ्नो पार्टीले बहुमत ल्याएर पहिलो इतिहास रच्ने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ ।
वीरगन्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारी साधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
गुल्मीमा विपतबाट बनेका घरको राहत रकम पाउनै मुस्किल हुने गरेको छ । आगलागी र मनसुनजन्य विपतबाट भएका क्षतिका कारण घरबारविहीन भएकाले घर बनाए पनि राहत रकम नआउँदा थप पीडामा हुन थालेको बताएका छन् ।
सन् १९३१ अक्टोबर १५ मा भारतको तमिलनाडु राज्यको रामेश्वरममा जन्मिएका अवुल पकिर जैनुलाअबदिन अब्दुल कलाम पछि गएर अब्दुल कलाम नामबाट चिनिए । उनका पिताको नाम जैनुलाब्दीन माराकायार र माताको नाम आसियम्मा जैनुलाब्दीन थियो ।
रौतहटको गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर्सका सञ्चालकले सुरक्षाको प्रत्याभूति तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ ।
पर्वतको जलजला गाउँपालिका–९, बनौको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । विगतका वर्षहरुमा फागुन अन्तिम सातामा फुल्ने लालीगुँरास तापक्रम वृद्धी भएसँगै माघमै फुल्न थालेका छन् ।
सागर ग्रुपद्वारा आयोजित र एक्स ल्याबद्वारा प्रवर्धित ‘बलेयो एक्स्पेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा सुरुभएको छ । माघ २२ गतेदेखि सुरु भएको यो ६ दिवसीय कार्यक्रम माघ २७ गतेसम्म जारी रहनेछ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका स्थानीयले गाउँमा आउने उम्मेदवारसँग सिँचाइ सुविधाको माग गर्दै आएका छन् ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्न थालेका छन् ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर शनिबार अन्तिम नामावली प्रकाशित गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३०९ जना