खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् ।
अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ। नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
२६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले नेपाल पुलिस क्लब, काठमाडौँलाई १० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा एक हजार ७१ जना कर्मचारी परिचालन गरिने भएको छ । तीमध्ये ७२० जना सरकारी कर्मचारी र ३५१ जना स्वयंसेवक रहनेछन् ।
आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिइ सञ्चालन गरिएका १८ अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे र सल्लीबजार क्षेत्रमा सञ्चालन भइरहेका लाइसेन्सविनाका अटोरिक्सा नियन्त्रणमा लिएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै झापा क्षेत्र नं. ५ को चुनावी माहोल तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह दुवैजना मतदाताको घरदैलोमा पुग्न थालेसँगै यहाँको चुनावी सरगर्मी बढेको हो ।
प्याब्सन काठमाडौँको आयोजनामा माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ ।
ताप्लेजुङमा यही माघ २८ देखि फागुन १ गतेसम्म एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गर्न लागिएको हो ।
पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा 'फागुन २१ का लागि मेरो २१ दिन' विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।