मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संविधानले तोकेको बाध्यात्मक व्यवस्थाअनुसार वर्तमान सरकार गठन भएको भन्दै सरकार गठनको विषयमा सर्बोच्च अदालतले दिने निर्णय आफूलाई मान्य हुने बताउनुभएको छ ।
रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सोमबार भारत प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।
तस्बिरमा देखिएका दुई हात्ती इभाकली र ल्याम्होकली हुन् । देख्दा लाग्न सक्छ, यी दुई हात्ती निकै बलिया र हट्टाकट्टा छन् । तर वास्तविकता फरक छ ।
प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।
भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् ।
मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
कैलालीको भारताल साझेदारी वन उपभोक्ता समूह भित्र काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। साझेदारी वन र सव–डिभिजन वन कार्यालय फूलवारीको संयुक्त गस्ती टोलीले सोमबार राति तस्करीमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरेको हो।
गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार हुँदै कोरोला बोर्डर जाने सडकखण्डअन्तर्गत सेताम्मे हिउँले ढाकिएको सेल्फी पार्क र आसपासको क्षेत्र ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेसु डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ।
‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ ।
न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।