ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ ।
निर्माण कम्पनीको लापरबाहीले बाँके जिल्लाका तीन वटा स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।
सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार आयोजित विशेष समारोहबिच ‘प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशा’ विषयक दुईदिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” शुभारम्भ भएको छ।
पोखरामा माघ २७ गतेबाट सुरु हुने आहा रारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका-३, श्रीकोटको घोणेधार भन्ने स्थानमा इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता, पुराना अनुभवी राजनीतिज्ञ र नयाँ शक्तिको उदयले यस क्षेत्रको प्रतिस्पर्धालाई चतुष्कोणीय र रोचक बनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
म्याग्दी जिल्लामा ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिइने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लमजुङमा स्वयंसेवकसहित एक हजार ७५० कर्मचारी खटाइने भएको छ ।
स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सुनसरीका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी बढेको छ।