मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ ।
काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ ।
सिन्धुली जिल्लामा गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सामुदायिक विद्यालय धमाधम पुनर्निर्माण भइरहेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त गोलन्जोर गाउँपालिका–३ स्थित कुशेश्वरी प्राविको चार को
परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताउनुभएको छ ।
इस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ २२ गतेसम्म २० करोड १४ लाख ३
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद (इद–उल–अज्हा) २०८२ को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्वसांसद तीर्थ भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस परित्याग गरी केही वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले नौ सय ९९ केजी अवैध लागु औषध गाँजा र प्रतिबन्धित लागु पदार्थ नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामत गरेको गाँजा र लागुऔषध शनिबार बिहान आगो लगाएर नष्ट गरेको हो ।
अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ ।
पछिल्लो समय नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको विज्ञले बताएका छन् । मानसिक स्वास्थ्यसम्बन्धी काम गर्दै आएको बहुसंस्कृतिक मनोसामाजिक नेपाल(टिपिओ नेपाल)को २० औँ वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गरेको बताउनुभयो ।
कमलपोखरी धेरै ठुलो थियो । जाडोयाममा कमलपोखरीवरिपरि मानिस घाम तापेर बस्थे । गर्मीमा चाहिँ त्यहाँवरिपरि रहेका रुखको छहारीमा शीतल तापेर बस्थे । कमलका फूलहरू फुल्ने भएकाले नै यो पोखरीको नामकरण कमलपोखरी भएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
आगामी आर्थिक वर्ष बागलुङ नगरका खानेपानी आयोजनाका लागि साढे १० करोड बजेट विनियोजन भएको छ । खानेपानी मन्त्रालयका अनुसार, बागलुङ नगरका खानेपानी योजनालाई बजेट विनियोजन भएको हो ।
एक टुक्रा मात्र एक टुक्रा रोटीको लोभमा एक दिन