• २६ माघ २०८२, सोमबार

कास्की– २ का उम्मेदवार बास्तोला लडेर घाइते

blog

उपचाररत घाइते माधवप्रसाद बास्तोला ।

सन्तोष सुवेदी

कास्की, माघ २६ गते। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते हुनुभएको छ। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलबारीमा सिँढीबाट चिप्लिएर हात फ्याक्चर भई घाइते हुनुभएको हो। 

उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाली काँग्रेसका नेताहरुले बताउनुभएको छ । उपचारमा संलग्न चिकित्सककाअनुसार उहाँको देब्रे हात भाँचिएको छ ।