बिष्णुप्रसाद पोखरेल
दमक, माघ २६ गते । झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।
सोमबार कमल गाउँपालिकामा घरदैलोमा निस्कनु भएका साहले आफुहरु फागुनको पहिलो सातासम्ममा सबै योजना ल्याउने बताउनुभयो । अहिले तपाईहरुको कुरा सुन्न र भावाना बुझ्न आएका हौं, उहाँले भन्नुभयो ।
“हामी पूर्वी नेपालकै ताप्लेजुङ गयौं, खोटाङ पुग्यौं र आज यहाँ छौं । ठाउँअनुसारको समस्या र माग रहेकाले हामी सोहीअनुसारको योजना बनाउँछौं”, साहले भन्नुभयो, “पैसा नहुनेले पनि उपचार र शिक्षा पाउनु पर्छ । पैसा हुनेले ब्यपार गर्न पाउनुपर्छ ।”
स्थानीयले यहाँको विकास सम्बन्धिका समस्या, जग्गाको धनीपुर्जा र नक्साको समस्या साहसमक्ष राखेका छन् । अधिकांश ठाउँमा स्थानीयले जिज्ञासा र बिभिन्न प्रश्नहरु गर्ने गरेका छन् । सबैको प्रश्न र मागलाई सचिवालयले टिपोट गरेर एकैसाथ सम्बोधन गर्ने योजना रहेको साहका सचिवालय सदस्यहरुले बताउनुभयो ।